News Category 2080/02/13
मोटरसाईकल विद्युतीय पोलमा ठोकिदा दुईको मृत्यु, एक गम्भिर

दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।
सप्तरीको राजविराज छिन्नमस्ता सडक खण्ड अन्तर्गत छिन्नमस्ता गाउँपालिका ३ मा शुक्रबार दिउँसो भएको मोटरसाईकल दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक जना घाईते भएका छन् ।
राजविराजबाट छिन्नमस्तातर्फ जाँदै गरेको तीनजना सवार प्र.२–०१–००२–प.२५६० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई विधुतीय पोलमा ठोक्किएर सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्थानीय १८ वर्षिय श्यामकुमार यादव र विकासकुमार खंगको दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी सोही दुर्घटनामा परी सोही ठाउँका अजयकुमार खंग घाईते भएको र उनको अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तीन जना सवार रहको तथा तिब्र गतिका कारण नियन्त्रण गुमाउँदा सो दुर्घट्ना हुन पुगेको प्रहरीको भनाइ छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ