News Category 2080/02/13
विद्यालयको लापरवाहीले विद्यार्थीको मृत्यु भएको भन्दै कारवाहीको माग गर्दै प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।
विद्यालय प्रशासनको लापरवाहीले एक विद्यार्थीको मृत्यु भएको भन्दै राजविराज–कुनौली सडक खण्ड शुक्रबार बिहानैदेखी प्रदर्शनका कारण अवरुद्ध भएको छ ।
मृतकका आफन्त तथा आक्रोशित विद्यार्थीहरुले उचित क्षतिपुर्ती तथा लापरवाही गर्ने प्रिन्सीपल र शिक्षकमाथी कारवाहीको माग गर्दै आक्रमक ढंगले प्रदर्शन गरेका हुन् ।
घटना विवरण अनुसार राजविराज नगरपालिका वडा ५ सँग जोडिएको विष्णुपुर गाउँपालिकास्थित शिब्स इन्टरनेशनल बोडिङ्ग स्कुलमा कक्षा १० मा अध्यनरत १७ वर्षिय राजा भन्ने पेशलानन्द यादवलाई विहान ७ बजे तीर करेन्ट लागेको थियो ।
करेन्ट लागेर अचेत भएका यादवलाई तत्कालै उपचारका लागी स्थानीय छिन्नमस्ता अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतकका भाई रोशनका अनुसार विद्यालय अगाडी रहेको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा शुक्रवार विद्यालय प्रशासनद्वारा आयोजना गरीएको अन्तरकक्षा क्रिकेट प्रतियोगिता सूरु गर्ने क्रममा साउण्ड सिस्टम बजाउनका लागी प्रिन्सीपल नरेश प्रताप साहको उपस्थितीमा शिक्षकद्वय रुपेश साह र सतपाल सुडीले विजुलीको पोलमा दाजु पेशलानन्दलाई हुकिङ्ग गर्न लगाएका थिए । सोही क्रममा अचानक उनलाई करेन्ट लागेको थियो ।
प्रिन्सीपल साहले भने साउण्ड सिस्टम बजाउनका लागी विद्युत हुकिङ्ग गर्न विद्यार्थीलाई आपुृmहरुले नभनेको तर शिक्षकको उपस्थितीमा भएको दुःखद घटनाले केही कमजोरी भने भएको स्वीकारेका छन् ।
यता घटनाको विरोधमा विधार्थी तथा मृतकका आफन्तले लापरबाही गर्ने विधालय सञ्चालकमाथि कारबाहीको माग गर्दै विधालय अगाडी टायर बालेर प्रदर्शन गरेको थियो । मृत्युले शोकमा डुबेका परिवारजले शुक्रवार नै विद्यालयका प्रिन्सीपल र शिक्षक विरुद्ध कडा कारवाहीको माँग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएका छन् ।
मृतकका वुवा लक्ष्मण प्रसाद यादवद्वारा बुझाइएको जाहेरीमा घटनाको सत्यतथ्य छानवीन, दोषीलाई ज्यान कसुर सम्बन्धी मुद्दामा कारवाही तथा पीडित परिवारलाई उचित क्षतीपुर्ती दिनु पर्ने माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ