News Category 2080/02/14
बहुविवाहका आरोपी कारागार चलान
दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।
बहुविवाह गरेको आरोपमा पक्राउ परेका एक आरोपीलाई आइतबार अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको छ ।
सप्तरी जिल्ला अदालतका न्यायधिश डा. राजेन्द्र कुमार आचार्यको आदेशले झापाको कुमरखोद गाउँपालिका ९ पुख्र्यौली घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका ७ बस्दै आएका ३९ वर्षिय रन्जित कुमार झालाई पूर्पक्षका लागि राजविराज कारागार चलान गरिएको हो ।
२०६७ साल माघ ५ मा उनले रौतहटको गौर नगरपालिका १ की बन्दना कुमारी झासँग हिन्दु रितिरिवाज अनुसार विवाह गरेका थिए । दुई सन्तानका बाबु रन्जितले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ की २८ वर्षिया दुर्गा झासँग २०७९ माघ ५ मा दोश्रो विवाह गरेपछि जेठी श्रीमती ३६ वर्षिया बन्दनाले प्रहरीमा बहुविवाहको उजुरी दिएकी थिइन् ।
उजुरी बारे जानकारी प्राप्त भएपछि रन्जित कान्छी श्रीमती दुर्गालाई लिएर भागे । दुर्गा भने अझै फरारै रहेको र खोजिकार्य भइरहेको प्रहरीको भनाई छ ।
विवाहित पुरुषले बैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने कानुनी ब्यवस्था रहेको तथा रन्जितले कान्छी श्रीमती भित्राएपछि आफ्नो बिचल्ली भएको भन्दै बन्दना न्यायका लागि प्रहरी हुँदै अदालतको शरणमा पुगेकी थिइन् ।
रन्जित र दुर्गा बिरुद्ध परेको बहुविवाह मुद्दामा थुनछेक बहसपछि कारागार पठाउने आदेश भएको थुनछेक बहसमा पीडित बन्दनाको तर्फबाट बहस पैरवी गरेका अधिवक्ता डोमन साहले बताए । बन्दनाको तर्फबाट साहको साथै अधिवक्ता महेन्द्र साह र जिल्ला न्ययाधिवक्ता मो. मुन्नाले पनि बहस पैरवी गरेका थिए ।
मुद्दा दर्ता भएलगत्तै फरार रहेका रन्जितलाई दुई दिनअघि शुक्रबार प्रहरी र स्थानियवासीको मद्दतले सुनसरीको इटहरीस्थित आफ्नै घरमा लुकीबसेको अवस्थामा पक्राउ गरिएको पीडित बन्दनाका भाई बिपेन्द्र कुमार झाले बताए । मुलुकी सहितामा बहुविवाह गरेको ठहर भए एकदेखी तीन वर्षसम्म कैद हुने प्रावधान छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ