News Category 2080/02/15
विपद् ब्यवस्थापन समिति गठन
दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. २ लौनियाँमा सोमबार वडा स्तरीय विपद् ब्यवस्थापन समिति गठन गरिएको छ ।
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा आयोजित विपद् जोखिम न्युनीकरण सम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष कमलकुमार मण्डलको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरिएको हो ।
वडा स्तरीय सरोकारवालाहरुको क्षमता अभिवृध्दि गरी विपद जोखिम न्यूनिकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले विपद् जोखिम न्युनीकरण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना समेत गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले जानकारी दिएका छन् ।
युनिसेफको सहयोगमा गाउँपालिकाको वन, वातावरण तथा विपद् ब्यवस्थापन शाखाद्वारा वडा स्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।
वडा अध्यक्ष मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा रामनारायण मण्डलले मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रम अधिकृत राजेश कुमार झाले सहजीकरण गरेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ