News Category 2080/02/15
मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु, ट्रकमा ठोकिदा मोटरसाइकल चालक घाइते
दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. १२ स्थित अर्नाहा चौकमा मोटरसाईकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
बोदेबर्साइन नगरपालिबाट राजविराजतर्फ तिब्र गतिमा आउँदै गरेको स.१०प.४३०४ नम्बरको मोटरसाईकलले ठक्कर दिदा शम्भुनाथ नगरपालिका १२ निवासी पैदल यात्री ३५ वर्षिया बविता मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आईतवार साँझ भएको सो दुर्घटनामा गम्भीर घाईते भएकी उनको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा प्रारम्भीक उपचारपछि विराटनगरस्थित न्यूरो अस्पताल रेफर गरिएको थियो । उपचार कै क्रममा सोमवार विहान उनको मृत्यु भएको डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
ठक्कर दिने मोटरसाईकल चालक बोदेबर्साइन नगरपालिका ५ का २४ वर्षिय मो.अख्तर फरार रहेको र उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै सोमबार जिल्लाको बोदेबर्साइन नगरपालिका ५ भाटिनस्थित हुलाकी सडक खण्डमा पार्किङ्ग गरि राखेको ट्रकमा मोटरसाइकल ठोकिदा चालक घाइते भएका छन ।
पुर्बबाट पश्चिमतर्फ जादै गरेको मधेश प्रदेश ०१–००४प.२२०२ नं.को मोटरसाइकल बाटोको दक्षिण साईडमा पार्किङ गरी राखेको ना.५ख.१५६० नं. को ट्रकमा ठोकिदा चालक बोदेबर्साइन नगरपालिका ३ कुशमाहर बस्ने २२ वर्षिय सोभित कुमार मण्डल घाइते भएका हुन् ।
उनको टाउकोमा चोट र बाया खुट्टाको पैताला काटेको अवस्थामा स्थानिय जिवन ज्योति अस्पताल बोदेबर्साइनमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ