News Category 2080/02/16
सँगै चाउचाउ खाए, त्यसपछि प्रेमीले गरे प्रेमिकाको हत्या

दैनिक समाचारदाता
राजविराज, १६ जेठ ।
१० बर्षदेखी सँगै लिभिङ टुगेदरमा बसेका प्रेमीले प्रेमिकाको हत्या गरेको खुलासा भएको छ । सप्तरीको बलानविहुल गाउँपालिका ५ घर भई हाल राजविराज नगरपालिका वडा नं. ४ बजरंग टोलमा डेरा भाडामा वस्दै आएकी एकल महिला ४१ वर्षिया सोनिता देवी यादवको हत्या उनकै प्रेमिबाट भएको सप्तरी प्रहरीले खुलासा गरेको छ ।
२१ दिन अघि हत्या भएको यादवको हत्याका आरोपी उनकै प्रेमी राजविराज नगरपालिका ६ पुर्णी पोखरी टोल वस्ने ४२ वर्षिय शंकर शर्मालाई प्रहरीले सोमबार सार्वजनिक समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिहले उनले आफैले हत्या गरेको स्वीकार गरेको जानकारी समेत दिए ।
हत्या घट्ना २०८० वैशाख २४ गते भएपनि अपराधीको खोजतलास, अनुसन्धान तथा अदालतमा म्याद थप लगायतका प्रक्रिया पुरा गर्न समय लागेकाले घट्ना विवरण र यसमा संलग्न अपराधी सार्वजनिक गर्नं ढिलाई भएको प्रहरीको भनाई छ ।
शर्मालाई प्रहरीले गत वैशाख २६ गते नै भारतीय सिमासँग जोडिएको तिलाठी कोइलाडी गाउँपालिका क्षेत्रबाट लुकिछिपी वसेको अवस्थामा पक्राउ गरेको तथा उनको साथबाट मृतक सोनिताको मोबाईल र कानमा लगाउने सुनको मुन्द्रा समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
गत वैशाख २४ गते आफ्नै डेरामा सोनिताको हत्या भएको थियो । विवाहित समेत रहेका शर्मा विगत १० वर्षदेखि एकल महिला सोनितासंग प्रेम सम्बन्धमा रहेको अनुसन्धानको क्रममा खुलेको छ । समस्या परेका वेला सोनितालाई आर्थिक सहयोग समेत जुटाई दिदै उनले घनिष्ठता प्रगाढ बनाएका थिए । केही समय यता सोनिताको अन्य पुरुषसँग पनि निकटता बढ्दै गएको र आफुलाई धोखा दिन खोजेको महशुस भएपछी दुबै बीच मनमुटाव सूरु भएको शर्माले प्रहरी बयानमा उल्लेख गरेका छन् ।
प्रहरीका अनुसार घट्नाका दिन दुबै जनाले चाउचाउ पकाएर संगै बसी खाएका थिए । राती १०÷११ बजे तीर “तिम्रो लागी धेरै रकम र समय बर्वाद गरे, तर तिमी अब अर्कै केटाहरुसंग लागेको देख्ने गरेको छुँ” भन्दै शर्माले कुरा उठाएपछी दुबै बीच विवाद चर्केको अनुसन्धानको क्रममा बुझिएको प्रहरीको भनाइ छ । त्यसपछी अचानक शर्माले सोनितालाई धक्का दिएको तथा खाटमा लडेपछी सोनिताकै सलबाट घाँटीमा कसेर मारेको अनुसन्धानको क्रममा खुलेको डिएसपी सिहले बताए ।
सोनितको मृत्यु भएको बारे ढुक्क भएपछी उनको मोबाईल र कानमा लगाएको सु्नको मुन्द्रा झिकेर आफु सोही राती भारत विहार राज्यको अन्ध्ररामन्ठ ग्राम पंचायततर्फ भागेको र एक दिन वसी फर्किदा सिमाक्षेत्रबाट पक्राउ परेको शर्माले बताएका छन् । उनले भारतको अन्धरामण्ठबाट मृतक कै मोवाईल प्रयोग गरी आफ्नो दिदीलाई घट्नाको बारेमा जानकारी गराउँदै एक पटक घट्नास्थलमा गई त्यहाको माहोल के छ ? भनी बुझी खबर गर्न भने पनि दिदी डरले घट्नास्थलमा नगएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले शर्मालाई मुलुक अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भईरहेको जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ