News Category 2080/02/17
विपदबाट हुने जोखिम न्यूनिकरणका लागि उद्धार अभ्यास
दैनिक समाचारदाता
राजबिराज, १७ जेठ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा विपद व्यवस्थापनमार्फत जोखिम न्यूनिकरण गरी धनजनको क्षतिबाट बचाउन उद्धार अभ्यास सम्पन्न गरिएको छ ।
सशस्त्र प्रहरी र नगरपालिकाबीच समन्वय, संवाद र उद्धारमा कुनै पनि प्रकारको दुविधा नहोस् भन्ने उद्देश्यका साथ बुधबार वडा नं. ५ मा रहेको पोखरीको डिलमा तथा पानीमा अभ्यास गरिएको हो ।
डाक्नेश्वरी नगरपालिकाको आयोजनामा आयोजित उद्धार अभ्यासमा सशस्त्र प्रहरीको उद्धार टोलीले आगलागी, भुकम्प, बाढी पहिरोबाट हुने जनचेतना अभ्यास गरेको थियो । टोलीले परिमार्जित उद्धार तरिकाको प्रयोग र प्रदर्शन, स्वीफ्ट वाटर रेस्क्यु, राफ्ट उद्धार, रबर बोटको फ्लिप रिफ्लिप प्रदर्शन, डोरीबाट उद्धार, बाढीबाट प्रभावित समूदायका पीडितको उद्धार कार्यको प्रदर्शन तथा अभ्यास समेत गरिएको थियो ।
कार्यक्रम पश्चात् नगरपालिका प्रमुख रामलखन मलाहले सिमित श्रोत र साधनका वावजुद सशस्त्र प्रहरीले उद्धार कार्यमा उच्च निपुर्णता देखाएको र विपद व्यवस्थापनको लागि चाहिने आवश्यक सहयोग गर्न नगरपालिका तत्पर रहेको बताए ।
सशस्त्र प्रहरी नायब उपरीक्षक बालकृष्ण श्रेष्ठले आगलागी, भुकम्प, डुबान, कटान र नदीमा डुबेको व्यक्तिलाई आफुसँग उपलब्ध साधन श्रोत र उद्धार सामग्रीको प्रयोग गरेर नजिकको सुविधा सम्पन्न अस्पतालसम्म पु¥याउने जस्ता अभ्यास गरिएको जानकारी दिए ।
अभ्यास कार्यक्रममा संबिधानसभा सदस्य ताराकान्त चौधरी, डक्नेश्वरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिनय कुमार सोनु, सशस्त्र प्रहरी तथा नगरपालिकाका अधिकारीहरु लगायत संचारकर्मीहरु र स्थानीयवासीहरुले अभ्यासको अवलोकन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ