News Category 2080/02/18
गर्मीले जनजीवन अस्तव्यस्त, पंखा चलाउँदा पनि तातो हावा
दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।
केहि दिन यता बिहानैदेखी टन्टलापुर घामसंगै बढेको अत्यधिक गर्मीका कारण जनजीवन कष्टकर बनेको छ । बिहानै ३० डिग्रि तापक्रम हुँदै दिउँसोसम्म ४१ डिग्री सम्म तापक्रम पुग्न थालेपछी जनजीवन अस्तव्यस्त बन्न पुगेको हो ।
जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछिे जनजीवन प्रभावित भएको छ ।
बेला–बेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी घट्न सकेको छैन । पानी परेर मौसम उघ्रिनासाथ गर्मी बढ्न थालेको छ । चर्को घामका कारण मध्याह्नमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन् ।
गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ । गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन् ।
केही दिन यता प्रचण्ड गर्मी र पानी नपर्दा घाउ, खटिरा, आँउमासी, टाईफाईड, ज्वरो, झाडा पाखाला लगायतका रोगका विरामीको चाप बढदै गएको गजेन्द्र नारायण सिह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश साहले बताए । उनले गर्मीको असरले स्वास्थ्यमा धेरै प्रकारको प्रभाव पार्ने भएकाले आवश्यक सावधानी अपनाउदै बढ्दो गर्मीबाट जोगिन फलफूलको जुस, पानीलगायतका तरल पर्दाथको सेवनलाई बढाउनुका साथै काम नभए दिउँसोको समयमा घरबाहिर नस्किन सर्वसाधारणलाई सुझाव समेत दिए ।
चर्काे घाम लाग्ने अनि हावा भने फिटिकै नचल्ने गरेका कारणले गर्मीबाट जोगिन घर बाहिर कमै निस्कने गरेको राजविराज ४ का होटल व्यवसायी शम्भु साहले बताए । उनले भने, घरमा वस्दा पनि गर्मीबाट खासै जोगिन सकिएको छैन । पंखाको हावाले काम गरिरहेको छैन । राती अलि शितल हुनु पर्ने हो, त्यो पनि छैन । गर्मी छल्न पंंखा चलाउदा पनि तातो हावा फाल्ने गरेकाले सुत्न पनि निकै गाह्रो हुने गरेको छ ।
यता गर्मी बढेसँगै बजारमा हरेक वर्ष चिसो पेयपदार्थको माग ह्वात्तै बढ्छ र यो वर्ष झनै त्यसको मात्रा बढेको छ । अहिले गर्मी बढेसँगै चिसो पेय पदार्थको बिक्री बढेको छ । अहिले बजारमा उखुको जुस, सर्वत, बरफ, कुल्फी, आइसक्रिमको व्यापार पनि एकाएक बढेको छ ।
समयमा मनसुन सूरु नहँुदा गर्मी अत्यधिक बढेको तथा केही दिन अझै यस्तो अवस्था रहने मौसमविदहरुको भनाइ छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ