News Category 2080/02/20

समाचारको प्रभाव, नाला निर्माणका क्रममा प्रयोग गरिएको तीन नम्बर इटा हटाइयो 

दैनिक समाचारदाता

समाचारको प्रभाव, नाला निर्माणका क्रममा प्रयोग गरिएको तीन नम्बर इटा हटाइयो 

दैनिक समाचारदाता
राजविराज, २० जेठ । 

 राजविराज नगरपालिका वडा नं. ८ हिमालय टोलस्थित मस्जिददेखी उत्तरतर्फ नाला निर्माणका क्रममा लगाइएको तीन नम्बर इटा हटाइएको छ । 
झण्डै सय मिटर लम्बाई र पाँच मिटर चौडाई नालासहितको बाटो निर्माणका क्रममा शनिबार बिहान लगाइएको तीन नम्बर इटाबारे वडा अध्यक्ष जयनारायण मण्डलले अनुगमन गरेपछि हटाइएको हो । हाल त्यहा एक नम्बर इटा प्रयोग गरिने जनाइएको छ । 
नाला निर्माण कार्यमा तीन नम्बर ईटाको प्रयोग भइरहेको पाइएपछि यस राजविराज दैनिक अनलाइनमा समाचार प्रकाशन भएपछि सम्बन्धीत निकायको ध्यानाकर्षण भएको थियो । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट