News Category 2080/02/23
बौद्धिक अपाङ्गता भएकाहरुका लागी श्रोत केन्द्र कक्षा संचालन
दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
बौद्धिक अपाङ्गता भएका बालबालिकाको सुन्दर भविष्य निर्माणका लागी सोमवारदेखि राजविराजमा श्रोत केन्द्र कक्षा संचालन भएको छ ।
शिक्षाको उज्यालो घामबाट बञ्चित रहेका उनीहरुका लागि कक्षा संचालनमा ल्याइएको हो । जिल्ला मै बौद्धिक अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी यो श्रोत केन्द्र कक्षा पहिलो हो ।
राजविराज वडा नं. ६ स्थित बहिरा बालक स्कुलको परिसरमा खाली अवस्थामा रहेको २ वटा कोठाको प्रयोग गरी कक्षा संचालनमा ल्याइएको छ ।
बौद्धिक अपाङ्गता अभिभावक संघ सप्तरीको पहल तथा राजविराज नगरपालिकाको सहयोगमा संचालनमा ल्याइएको उक्त केन्द्रको एक कार्यक्रमबीच वडा अध्यक्ष शशी चौधरीले उद्घाटन गरेका छन । सो अवसरमा उनले बौद्धिक अपाङ्गता भएका नागरिकलाई सम्मान प्रदान गर्न र आत्मनिर्भर बनाउन यो श्रोत केन्द्रले महत्वपुर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे ।
बौद्धिक अपाङ्गता संघ सप्तरीका अध्यक्ष समाजसेवी जगदिश प्रसाद अर्यालले हाल नगर क्षेत्रका ९ छात्रा सहित १६ जना बौद्धिक अपाङ्गता भएका छात्रछात्रा भर्ना भएको जानकारी दिदै उनीहरुलाई पनि अरु वराबर खान, बाच्न र पठन पाठनका लागी अवसरमा प्रदान गर्न सबैले सहयोग गर्नू पर्नेमा जोड दिए ।
बहुसंख्यक बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरु शिक्षा, स्वास्थ्य, रोजगारी र समाजिक सुरक्षाका अधिकार प्राप्तीबाट बञ्चित रहेको चर्चा गर्दै उनले यस्तो ब्यक्तीको पनि हक, अधिकार संरक्षण र सम्बद्र्धन गर्न सरोकारवालाको ध्यान जानु पर्ने बताए ।
उक्त श्रोत केन्द्र कक्षामा भर्ना भएका विभिन्न उमेर समुहका विद्यार्थीलाई कम्प्युटर, रेडियो, टिभी, मोबाईल एप्स, चित्र सहित सरल ठूला छापा अक्षर, हावभाव, सांकेतिक भाषा लगायतका प्रविधीबाट पढाइने तयारी गरिएको शिक्षिका आरती मण्डलले बताईन ।
राजविराज नगर क्षेत्र भित्रका बौद्धिक अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी २ वर्ष अघि मधेश प्रदेश सरकारले बहिरा बालक स्कुल परिसरमा रहेको झण्डै २ कठ्ठा जग्गामा डे–केयर आवासिय सुविधा भएको विद्यालय भवन पनि बनाउने सुरु गरेको थियो । तर बजेट अपुग भएपछी सो भवन अहिले पनि अधुरो रहँदा अहिले बहिरा बालक स्कुल कै २ वटा कोठा प्रयोगमा ल्याइ कक्षा संचालनमा ल्याइएको कार्यक्रममा बौद्धिक अपाङ्गताका अभिभावक संघका अध्यक्ष जगदिश प्रसाद अर्यालले जानकारी दिए । उनले अविलम्ब प्रदेश सरकार र स्थानीय सरकारले अपुग बजेटको व्यवस्थापन गरी अधुरो संरचना पुरा गराउन माँग पनि गरे ।
कार्यक्रममा मधेश प्रदेश जेष्ठ नागरिक संघका निर्वतमान अध्यक्ष शंकर शारदा, जसपाका केन्द्रीय सदस्य रमिला देवी साह, समावेशी अपाङ्ग संघका अध्यक्ष सतिश चन्द्र झा, बौद्धिक अपाङ्गता अभिभावक संघका उपाध्यक्ष महेश ठाकुर, संघका अधिकृत सरोज खड्गा, वडा नं. ३ का अध्यक्ष अनिल दास लगायतले पनि बोल्दै बौद्धिक अपाङ्गता भएका ब्यक्तीहरुलाई कसैले भेदभाव नगरी सहयोग र सम्मानका लागी आ–आफनो स्तरबाट पहल गर्नु पर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ