News Category 2080/02/23
तिलाठीमा विश्व वातावरण दिवसमा वृक्षारोपण
दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
विश्व वातावरण दिवसको अवसरमा “प्लाष्टिकजन्य प्रदुषण निर्मूल पारौं ः वातावरण मैत्री विकल्पको उपयोग गरौं” नाराका साथ सोमबार तिलाठी कोइलाडी गाउँपालिकाद्वारा दुई ठाउँमा वृक्षारोपण गरिएको छ ।
गाउँपालिकाद्वारा वडा नं. १ तिलाठीस्थित सरस्वती मन्दिर प्राङ्गणमा र लक्ष्मीबल्लभ नरसिंह मावि बभनगामाकट्टी विद्यालय प्राङ्गणमा वृक्षारोपण गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, उपाध्यक्ष फुलकुमारी साह, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, वडा अध्यक्षहरु दिनेश्वर मिश्र, रमेश मुखिया, मुनिलाल मुखिया, ललनप्रसाद राउत, रोशन सिंह, हरिनारायण मण्डल र सत्यनारायण यादवले सहभागिता रहेको थियो ।
सो अवसरमा अमला, निम, अशोक, मसला, महगनीलगायतको जातको विरुवा रोपिएको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
पछिल्लो एक सातादेखि बढ्दै गएको तापक्रमले जनजीवन प्रभावित बनेको बताउँदै गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले वृक्षारोपणले पर्यावरणमा सहयोग पुग्ने र यसलाई सघन रुपमा अगाडि बढाउने योजना रहेको बताए ।
यस बर्षको लागिसंयुक्त राष्ट्रसंघले “सोलुशन टु प्लाष्टिक पोलुशन”नारा तय गरेको छ । विश्व पर्यावरणप्रति वैश्विक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७३ देखि दिन विश्व वातावरण दिवस मनाउन शुरु गरिएको हो । संयुक्त राष्ट्रसंघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा जुन ५ तारिखका दिन विश्वब्यापी रुपमा यो दिवस मनाउने गरिएको छ ।
यता एक सातादेखि तापक्रममा भएको अत्यधिक वृद्धिका कारण तराई मधेशका केही जिल्लाहरुमा विद्यालय बन्द गरिएको छ । जल तथा मौसम विज्ञान विभागले सतर्कता तथा सावधानी अपनाउन भनी बुलेटिन नै जारी गरेको छ । अत्यधिक गर्मीका कारण लु लाग्न सक्ने समेत बताइएको छ । गर्मीका कारण थकाई लाग्ने, कमजोर्री हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरु दुख्ने, बान्त्ता हुने जस्ता जोखिमहरु हुन सक्ने भएकोले सतर्कता तथा सावधानी अपनाउन भनिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ