News Category 2080/02/23

आमाले कम्प्युटर क्लासका लागि गाली गरेको भन्दै किशोरीद्वारा विषादी सेवन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २३ जेठ । 

    आमाले कम्प्युटर क्लासका लागि गाली गरेको भन्दै एक किशोरीले मंगलबार विषादी सेवन गरेकी छिन् । 
    सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ४ कुशहा घर भई हाल राजविराज नगरपालिका वडा नं. ७ मा डेरा गरि बस्ने १६ वर्षिया खुश्बु कुमारी रायले विषादी सेवन गरेकी हुन् । 
    प्रहरीका अनुसार आमाले कम्प्युटर क्लासको लागी गाली गरेको कारण खुश्बुले तरकारीमा हाल्ने किटनाशक बिषादी सेबन गरेकी हुन् ।  
    विषादी सेवनबाट बिरामी भई उनको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट