News Category 2080/02/24
मोटरसाइकल दुर्घटनामा दुई जना घाइते
दैनिक समाचारदाता
राजविराज, २४ जेठ ।
सप्तरीमा मंगलबार भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन् ।
जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नं. १ जमुनीस्थित हुलाकी राजमार्ग सडक खण्डमा मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते भएका छन् ।
पश्चिमदेखि राजविराजतर्फ आउदै गरेको स.१०प. २६५८ नं.को मोटरसाइकलले सोही सडक खण्डमा बिपरीत दिशाबाट जादै गरेको साईकलयात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट वडा नं. २ सिमरा सिग्यौन निवासी ४५ को नन्दलाल ठाकुर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते ठाकुरको दाहिने आँखाको माथि भागमा काटेको र शरिरको बिभिन्न भागमा चोट लागेकोले उपचारका लागी छिन्नमस्ता अस्पतालमा उपचारका लागि भर्ना गरिएकोछ ।
प्रहरीले मोटरसाइकल चालक रुपनी गाउँपालिका २ हरेवा बस्ने १८ वर्षिय मो. सहनसालाई नियन्त्रणमा लिएको छ ।
यस्तै मंगलबारै सोही गाउँपालिका वडा नं. १ जमुनी स्थित हुलाकी राजमार्ग सडक खण्डमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
राजविराजदेखि पश्चिम तर्फ जादै गरेको स.४प.८७४५ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं. ६ औरही बस्ने ३७ वर्षिय अजय कुमार साह घाइते भएका छन् ।
उनको अनुहार र शरिरको बिभिन्न भागमा चोट लागेपछि उपचारका लागी छिन्नमस्ता अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ