News Category 2080/02/24
गाँउ नगरमा नेविसंघको संगठन विस्तार अभियान सुरु
दैनिक समाचारदाता
राजविराज, २४ जेठ ।
नेपाल विद्यार्थी संघ सप्तरीले जिल्लाको सबै पालिका तथा विद्यालय र कलेजमा संगठन विस्तार गर्ने अभियानको बुधबारदेखी शुरुवात गरेको छ ।
राजविराजबाट सो अभियानको शुरुवात गरिएको हो । नेपाली काँग्रेसका युवा नेता तथा हालै सम्पन्न स्थानीयतहको निर्वाचनमा राजविराज नगरपालिकामा काँग्रेसका तर्फबाट नगर प्रमुख पदको उम्मेदवार रहेका मो. इरसाद अन्सारी तथा नेविसंघका जिल्ला अध्यक्ष राकेश कुमार ठाकुरको विषेश उपस्थितीमा संगठन सुदुढीकरण तथा विस्तार अभियान शुभारम्भ भएको संघले जनाएको छ ।
अभियानको पहिलो दिन राजविराज नगर भेलाले मो.परवेजको संयोजकत्वमा नेविसंघ राजविराज नगर समिती गठन गरिएको छ । नेविसंघको विद्यान २०२७ को छैठो संसोधन २०७५ बमोजिम उक्त समिती गठन गरिएको जिल्ला अध्यक्ष ठाकुरले जानकारी दिए ।
संगठनलाई गतिशिल बनाउन, संगठन सुदुढीकरण गर्न तथा जिल्लाभर संगठन विस्तार गर्ने योजना अनुरुप एक महिने अभियान सुरु गरिएको तथा असार मसान्त भित्र जिल्लाका सबै १८ वटै पालिका तथा विद्यालय र कलेजमा नयाँ कार्य समिती गठन गरिसक्ने संघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ