News Category 2080/02/25
युवक र महिला झुण्डिएको अवस्थामा फेला, विषादी सेवन गरेकी युवतीको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २५ जेठ ।
सप्तरीमा एक युवक र एक महिला झुण्डिएको अवस्थामा फेला परेका छन् भने विषादी सेवन गरेकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ ।
योसँगै जिल्लामा चालु आ.ब. २०७९÷८० को अवधीमा १०० जनाले विभिन्न कारणले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बिहीबार जिल्लाको बोदेबर्साईन नगरपालिका वडा न. ८ वैरियाही निवासी २० वर्षिय चित्ररंजन कुमार यादवले स्थानिय बगैचामा आपको रुखमा डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै बुधबार जिल्लाको रुपनी गाउँपालिका ५ धुरगाम टोल निवासी २५ वर्षिया बबि दास आफ्नै घरको सुत्ने कोठाको धरैनमा साडिको पासो लगाई झुन्डिएको अवस्थामा मृत्य फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरि जिल्लाकै अग्निसाईर कृष्णसवरण गाउँपालिका ५ छबकी बस्ने २२ वर्षिया प्रियङका कुमारी महतोले नाम नखुलेको विषादी सेवन गरेको प्रहरीले जनाएको छ ।
विषादी सेवन पश्चात् गम्भिर बिरामी परेपछि उनलाई छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारका लागि भर्ना गरिएकोमा सोही अस्पतालमा उपरचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तीनै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ