News Category 2080/02/28
पुनःनियुक्ति माग्दै कर्मचारी धर्नामा
दैनिक समाचारदाता
राजविराज, २८ जेठ ।
राजविराज नगरपालिकाले ६९ जना दैनिक तथा मासिक ज्यालादारी कर्मचारीलाई शुक्रबार हटाउने निर्णय गरेसँगै ती कर्मचारीहरु आन्दोलित भएका छन् । जसअन्तरगत उनीहरु आइतबार कार्यालय खुल्नासाथ नाराबाजी गर्दै कार्यालय प्रवेशद्वार नजिकै धर्ना बसेका छन् ।
मासिक एक करोड भन्दा बढी रकम तलबमै खर्च हुन थालेपछि नगरपालिकाले शुक्रबारदेखी लागु हुने गरि एकै साथ ६९ कर्मचारीलाई हटाएको थियो ।
यता सेवाबाट हटाइएका कर्मचारीहरुले आफूहरुसँग कुनै छलफल र जानकारी समेत नदिई एकासी सेवाबाट हटाइएको सूचना जारि गरेर नगरपालिकाको ब्यवस्थापन पक्षले अन्याय गरेको बताएका छन् ।
धर्नामा बसेकी अर्निका कुमारी यादवले विगत ८ वर्षदेखी नगरपालिकाको सामाजिक शाखामा मासिक ज्यालादारीमा कार्यालय सहायक पदमा काम गर्दै आएकी भन्दै पुनःनियुक्ति नगरेसम्म धर्ना जारि रहने बताइन् ।
सेवाबाट हटाइएका मध्ये २० वर्षदेखी मासिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारी पनि परेका छन् । विगत ६ वर्षदेखी नगरपालिकाको बिजुली सडकबत्ति फाँटमा कार्यरत कर्मचारी लव मण्डलले एक्कासी सेवाबाट हटाउँदा बिचल्लीमा परेको दुखेको पोखे ।
यस्तै २० वर्षदेखी मासिक ज्यालादारीमै काम गर्दै आएका सत्रुघन यादवले भने, “अर्को ठाउँमा जागिर गर्ने उमेर पनि नरहेकोले नगरपालिकाको पछिल्लो निर्णयले घर न घाटको बनाएको छ ।”
यसैबीच नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति राजविराजले एक प्रेस विज्ञप्तिमार्फत कर्मचारी आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।
समितिका अध्यक्ष कल्पना देवद्वारा आइतबारै जारि विज्ञप्तिमा नगरपालिकाको सो निर्णयको घोर भत्र्सना गर्दै नगरपालिकाबाट सहज, सरल र छिटो छरितो सेवा प्रदान गर्न तथा लामो समयदेखी काम गरेका कर्मचारीको जिवन यापनको खयाल गरि अलिम्ब सेवाबाट हटाइएका कर्मचारीहरुको पुनःनियुक्ति हुनुपर्ने माग गरिएको छ ।
यस्तै राजविराज नगरपालिकाका निवर्तमान नगर प्रमुख शम्भु प्रसाद यादव तथा निवर्तमान वडा नं. ६ का अध्यक्ष प्रेम कुमार यादवले छुट्टाछुट्टै प्रेस विज्ञप्तिमार्फत कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नगरपालिकाद्वारा सेवाबाट हटाइएका कर्मचारीहरुलाई अविलम्ब बहाली गर्नुपर्ने माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ