News Category 2080/02/30
बोक्सीको आरोपमा कुटिएकी कबिताले चार वर्षपछि पाइन न्याय, कुटपिट गर्नेलाई १५ दिन कैद, १५ हजार क्षतिपूर्ती र १० हजार जरिवाना
दैनिक समाचारदाता
राजविराज, ३० जेठ ।
बोक्सीको आरोपमा कुटएकी राजविराज नगरपालिका वडा नं. ६ की एकल महिला ४० वर्षिया कबिता मिश्राले चार वर्षपछि न्याय पाएकी छिन् ।
बोक्सीको आरोपमा कबितालाई कुटपिट गर्ने छिमेकी रामकुमार यादवलाई सप्तरी जिल्ला अदालतले १५ दिन कैद, १५ हजार क्षतिपूर्ती र १० हजार रुँपैया जरिवानाको फैसला गरेको छ ।
जिल्लामा बोक्सीको आरोपमा कुटपिटका दोषिलाई कैद र जरिवाना भएको तीन वर्ष यताको यो पहिलो घटना हो ।
जिल्ला न्यायाधिश हेमन्त रावलको इजलाशले मंगलबार उक्त मुद्दामा अन्तिम सुनुवाई गर्दै रामकुमारलाई उक्त कैद र जरिवाना फैसला सुनाएको हो । यता कुटपिटमा सघाएको आरोप लागेका उनका परिवारका सदस्य रामअधिन यादव, पंचीदेवी यादव, उमेश यादव, राजेश यादव र रमेश यादवलाई भने अदालतले सफाई दिएको छ ।
श्रीमतीलाई बोक्सी लगाई मारेको आरोप लगाएर रामकुमार र उनका परिवारका सदस्यले २०७६ साल कात्तिक १३ गते कबिता र परिवारका अन्य सदस्यमाथी कुटपिट गरेको भन्दै आफन्तजन प्रहरी हुँदै अदालतसम्म पुगेका थिए । बचाउन जाँदा कबिताका आफन्तमाथी समेत कुटपिट भएको प्रहरी र अदालतमा प्रस्तुत गरिएको जोहरी निवेदनमा उल्लेख गरिएको थियो । टाउँको, डाढ, हात र पेटमा गहिरो चोट लागेको कबिता स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा सात दिनको उपचारपछि घर फर्केकी थिइन् ।
कबिताका तर्फबाट सरकारी वकिल जिल्ला न्यायाधिवक्ता अरबिन्द मेहता, वरिष्ठ अधिवक्ता महेन्द्र कुमार चौधरी, नवराजकुमार क्षेत्री, अधिवक्ता देवबहादुर कटुवाल र शंकर कुमार मिश्रले बहस गरेका थिए । प्रतिवादीको तर्फबाट अधिवक्ता बालकिशोर यादव र कृष्णकुमार केसीले बहस गरेका थिए ।
अदालतको फैसलाबाट कबिता र उनका परिवारजन भने पूर्ण सन्तुष्ट छैनन् । पीडकको कुटपिटबाट सासु महामेघा, जेठानी लक्ष्मीदेवी मिश्र, भतिजा पारष मिश्र घाइते भएको र उपचारमै ३५ हजार खर्च भएको सुनाउँदै उनले भनिन्, “सोही अनुसारको सजाय र जरिवाना तोक्न नसकेको देखियो ।”
छिमेकी रामकुमारको घरमा कुनै समस्या पर्दा मलाई नै आरोप लगाउँथे, उनले भनिन् “सहन नसक्ने र कुटपिटमै उत्रिएपछि अदालतमा पुगेको हुँ ।” अदालतको फैसलाबाट राहत त मिल्यो, तर, पुरा न्याय नपाएको उनको गुनासो छ ।
बोक्सीको आरोप र कसुर सजाय ऐन २०७२ को दफा ३ (१ को क) मा अभियोगमा सो कसुरमा ६ महिनादेखी २ वर्षसम्म कैद र ५ हजार देखी २० हजारसम्म जरिवाना तथा सोही दफाको (ख) मा बोक्सीको आरोप लगाई कसुर गर्ने व्यक्तिलाई १ वर्षदेखी ३ वर्षसम्म कैद र १० हजारदेखी ३० हजार रुँपैयासम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ