News Category 2080/03/03
ब्राउन सुगरसहित दुई जना पक्राउ
दैनिक समाचारदाता
राजविराज, ३ असार ।
सप्तरी प्रहरीले लागु औषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा भारत बिहार राज्यअन्तरगत मधुवनी जिल्ला थाना जयनगर ग्रामपँचायत बेतौन्हा वडा न. ८ वस्ने २९ वर्षिय सन्तोष कुमार साह र सिरहा नगरपालिका १७ निवासी १९ वर्षिय सुरज कुमार पासवान रहेका छन् ।
मधेश प्रदेश प्रहरी जनकपुरधामका अनुसार शनिबार जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा न. १ भारदह चौकमा बिशेष सुचनाको आधारमा मस्जिद नजिक भारतीय बीआर३२आर७७०३ नं. को मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक सन्तोष कुमार साहको पाईन्टको खल्तीमा कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको उक्त पदार्थ बरामद भएको हो ।
ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ४ ग्राम १९ मिली ग्राम रहेको जनाउँदै प्रहरीले सोही मोटरसाईकलमा पछाडी सवार सुरज कुमार पासवान समेतलाई नियन्त्रणमा लिएको छ । हाल दुबैलाई इलाका प्रहरी कार्यालय कंचनपुरमा राखि थप अनुसन्धान भइरहेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ