News Category 2080/03/05
बृहत स्वास्थ्य शिविरमा घुइचो
दैनिक समाचारदाता
राजविराज, ४ असार ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. १ कार्यालयको समन्वयमा सोमबार निशुल्क बृहत स्वास्थ्य शिविर संचालन भएको छ ।
प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवको पहल संचालन भएको उक्त शिविरमा विशेषज्ञहरुद्वारा एक दर्जन भन्दा बढी रोगको उपचार ब्यवस्था मिलाइएपछि शिविरमा बिरामीको घुइचो समेत लागेको छ ।
शम्भुनाथ नगरपालिका १ खोक्सर प्रवाहामा सोमबार आयोजित शिविरको प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवले उद्घाटन गर्दै स्वास्थ्यको सुचकांकमा सप्तरी निकै पछाडी रहेको बताउँदै गरिबी र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्यामा रहेकाहरुलाई लक्षित गरि शिविरको आयोजना गरिएको बताए ।
शिविरमा जनरल सर्जरी, मुटु रोग, नाक कान, घाटी, छाला, मानसिक, स्त्रीरोग, बाल रोग, हार्डजोर्नी, दन्त, आँखा उपचार सेवा प्रदान गरिएको शिविरमा व्यवस्थापन टोलीको नेतृत्व गरेका नोबेल मेडिकल कलेजका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।
शिविरमा नोबेल मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सक टोली र स्वास्थ्यकर्मीको सेवा र प्राविधिक सहयोग प्राप्त भएको वडा अध्यक्ष दुर्गानन्द भगतले बताए ।
काठमाडौं मेडिकल कलेज र नोबेल अस्पतालका विभिन्न रोगका विशषेज्ञसहितको ३३ सदस्यीय चिकित्सक टोलीले उपचार सेवा प्रदान गरेका छन् ।
शिविरमा २ हजार भन्दा बढीले स्वास्थ्य सेवा प्राप्त गरेको प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवका स्वकिय सचिव अनिल यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ