News Category 2080/03/05
बृहत स्वास्थ्य शिविरमा घुइचो
दैनिक समाचारदाता
राजविराज, ४ असार ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. १ कार्यालयको समन्वयमा सोमबार निशुल्क बृहत स्वास्थ्य शिविर संचालन भएको छ ।
प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवको पहल संचालन भएको उक्त शिविरमा विशेषज्ञहरुद्वारा एक दर्जन भन्दा बढी रोगको उपचार ब्यवस्था मिलाइएपछि शिविरमा बिरामीको घुइचो समेत लागेको छ ।
शम्भुनाथ नगरपालिका १ खोक्सर प्रवाहामा सोमबार आयोजित शिविरको प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवले उद्घाटन गर्दै स्वास्थ्यको सुचकांकमा सप्तरी निकै पछाडी रहेको बताउँदै गरिबी र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्यामा रहेकाहरुलाई लक्षित गरि शिविरको आयोजना गरिएको बताए ।
शिविरमा जनरल सर्जरी, मुटु रोग, नाक कान, घाटी, छाला, मानसिक, स्त्रीरोग, बाल रोग, हार्डजोर्नी, दन्त, आँखा उपचार सेवा प्रदान गरिएको शिविरमा व्यवस्थापन टोलीको नेतृत्व गरेका नोबेल मेडिकल कलेजका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।
शिविरमा नोबेल मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सक टोली र स्वास्थ्यकर्मीको सेवा र प्राविधिक सहयोग प्राप्त भएको वडा अध्यक्ष दुर्गानन्द भगतले बताए ।
काठमाडौं मेडिकल कलेज र नोबेल अस्पतालका विभिन्न रोगका विशषेज्ञसहितको ३३ सदस्यीय चिकित्सक टोलीले उपचार सेवा प्रदान गरेका छन् ।
शिविरमा २ हजार भन्दा बढीले स्वास्थ्य सेवा प्राप्त गरेको प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवका स्वकिय सचिव अनिल यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ