News Category 2080/03/05

राजविराज हटिया बारे बोर्डको निर्णय कावा प्रमुखले एकलौटी  ढंगले उल्टाएपछि नगरपालिकामा आन्तरिक द्वन्द चर्कियो

दैनिक समाचारदाता

राजविराज हटिया बारे बोर्डको निर्णय कावा प्रमुखले एकलौटी  ढंगले उल्टाएपछि नगरपालिकामा आन्तरिक द्वन्द चर्कियो

दैनिक समाचारदाता
राजविराज, ४ असार । 

    राजविराज वडा नं. ७ स्थित हटियाको जग्गा अतिक्रमण बारे नगरपालिकाको बोर्डको निर्णयलाई कार्यवाहक प्रमुखले उल्टाएर आफू अनुकुल निर्णय गरेको खुलासा भएको छ । 
    हटियाको जग्गा अतिक्रमण बारे नगरपालिकाको २०७९ मंसिर २९ गते बसेको बोर्डको बैठकले हटिया अवस्थित राजविराज नगरपालिकाको अधिनस्त जग्गा अतिक्रमण भएको ठहरे जति जग्गा अतिक्रमण हटाई खाली गर्ने निर्णय सर्वसम्मत्तिले गरेको थियो । 
    तर, सो निर्णयलाई कार्यवाहक प्रमुख इसरत परबिनले उल्टाउँदै त्यसको विपरीत निर्णय गरेको पाइएको छ । २०७९ साल फागुन २८ गते हटिया अनुगमनका क्रममा कार्यवाहक प्रमुख परबिनले स्थानियको उपस्थितीमा बाटोको चौडाई ६ मिटर र नाला २ मिटर गरि जम्मा ८ मिटरमा गिलेशनदेखी छोडेर निर्माण कार्य गर्ने एकल निर्णय गरेको पाइएको छ । 
    बोर्डको पछिल्लो निर्णयलाई वेवास्ता गर्दै ठेकेदार कम्पनीले कार्यवाहक प्रमुखको एकलौटी निर्णय बमोजिम नै कार्य सुरु गरेपछि विवाद उत्कर्षमा पुगेको छ । विवाद सुरु भएपछि वडा नं. ७ को कार्यालयले २०८० असार ३ गते ठेकेदार कम्पनी र सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरी समेतलाई काम रोक्न पत्र पठाएको छ । 
    यद्दपी सोही दिन राजविराज नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र प्रसाद यादवद्वारा सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीलाई कार्यवाहक प्रमुखको अध्यक्षतमा २०७९ साल फागुन २८ गते बसेको बैठकको निर्णय अनुसार नै बाटोको चौडाई ६ मिटर र नाला २ मिटर समेत जम्मा ८ मिटरमा गिलेशनको नालादेखी ६ मिटर सडक र १ मिटर नालाको निर्माण कार्य यथासिघ्र गराउन पत्र काटिएको पाइएको छ । 
    सोही पत्रलाई आधार मानी सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीले राजविराज नगरपालिकालाई हटियामा निर्माणाधीन सटरहरुको कार्य निर्माण ब्यवसायीबाट एक÷दुई दिन भित्रै निर्माण कार्य अगाडी बढाउन सहमति भएको र सोही अनुरुप निर्माण सामाग्रिहरु पनि साइटमा उपलब्ध गराउन थालिएको व्यहोरा जानकारी गराएको छ ।
    यता वडा नं. ७ का अध्यक्ष शुभाषचन्द्र यादवले २०७९ मंसिर २९ गते बसेको बोर्डको निर्णयलाई नै आधार मानी अतिक्रमित जग्गालाई खाली गराई गिलेशनको कार्य संचालनको माग गरेका छन् । उनले बोर्डको निर्णय उल्टाउने अधिकार कार्यवाहक प्रमुखलाई नरहेको भन्दै यदी बोर्डको निर्णय अनुसार कार्य नभए निर्माण कार्यमा अवरोध गरिने जनाएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट