News Category 2071/09/04
कम्बल र न्यानो कपडा वितरण
दैनिक संवाददाता
राजविराज, ३ पुस ।
तराईका जिल्लाहरुमा बढेको अत्यधिक चिसो र शितलहरबाट जोगिन न्यानो संसार अभियान अन्तर्गत नेपाल शेयर नामक संस्थाले सप्तरीको दुई गाविसमा कम्बल र न्यानो कपडा वितरण गरेको छ ।
प्रहरी महिला संघको सहकार्यमा शितलहरबाट जोगिन न्यानो संसार अभियान अन्तर्गत नेपाल शेयर नामक संस्थाले जिल्लाको पकरी गाविसमा करिब पााच् सय र भगवतपुरको बडहरीमा २ सय ८० वटा कम्बल र न्यानो कपडा वितरण गरेको हो ।
प्रहरी महिला संघको सहकार्यमा शितलहरबाट जोगिन न्यानो संसार अभियान अन्तर्गत नेपाल शेयर नामक संस्थाले जिल्लाको कोचाबखारी, पकरी, छिन्नमस्ता, बरही बिरपुर, लालापटी, गोबरगाढा, मधवापुर, फकिरा, कोईलाडी, जोगिनिया, शम्भुनाथ नगरपालिकाको रामपुर जमुवा, बसलपुर, भगवतपुर सहितका स्थानमा तीन हजार कम्बल र न्यानो कपडा वितरण गर्ने संस्थाका मुख्य स्वयंसेवक म्याक्स दिपेन्द्र खत्रीले जानकारी दिनुभयो ।
उहाँले तराईका जिल्लाहरुमा विगत केही दिन यता बढेको अत्यधिक चिसो र शितलहरबाट जोगिन सप्तरीका २० स्थानमा तीन हजार र सिरहाका १७ गाविसमा २ हजार कम्बल र न्यानो कपडा वितरण गर्ने बताउँनुभयो । खासगरी चिसो र शितलहरका कारण गरीब, दलित, विपन्नको कठयाङ्गिएरम वर्षेनी सयौ जनाको मृत्यु हुने गरेकाले त्यसबाट जोगिन उनीहरुलाई गुन्द्री बनाएर ल्याउने परिवारलाई कम्मल र न्यानो कपडा वितरण गर्ने जानकारी दिनुभयो ।
संस्थाले कम्बल र न्यानो कपडा वितरण गरेपछिक त्यहाँका स्थानीयबासीहरुले खुशि ब्यक्त गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ