News Category 2080/03/06
तोपामा अत्याधुनिक प्रयोगशाला संचालन
दैनिक समाचारदाता
राजविराज, ६ असार ।
सप्तरीको तिलाठी कोइलाडी गाउपालिका वडा नं ८ तोपास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना गरिएको जनस्वास्थ्य प्रयोगशाला बुधबारदेखी संचालनमा आएको छ ।
मधेश प्रदेश सरकारको सहयोग तथा गाउँपालिकाको समन्वयमा स्थापना गरिएको अत्याधुनिक जनस्वास्थ्य प्रयोगशालाको बुधबार एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले उद्घाटन गरे ।
सो अवसरमा अध्यक्ष मण्डलले निकट भविष्यमै अत्याधुनिक अल्ट्रासाउन्ड समेत सञ्चालनमा ल्याइअझ सुविधा सम्पन्न बनाउने लक्ष्य रहेको बताए ।
प्रदेश सरकारले अत्याधुनिक परीक्षण उपकरणहरू उपलबध गराएपछि गाउपालिकाले आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गरेपछि प्रयोगशाला सञ्चालनमा ल्याइएको प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. सन्तोषप्रसाद साहले जानकारी दिए ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्षतथा स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नं. ७ का अध्यक्ष हरिनारायण मण्डल, स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समितिका पूर्व अध्यक्षद्वय लक्ष्मीप्रसाद मण्डल र राधेश्याम यादव, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अवधेश कुमार झा सहितकाले मन्तब्य ब्यक्त गरेका थिए ।
ल्याब सेवा लिन राजविराज जानुपर्ने बाध्यता रहेको अवस्थामा प्राथमिक स्वास्थ्य केन्द्र तोपामा अत्याधुनिक प्रयोगशाला सञ्चालनले तिलाठी कोइलाडी गाउँपालिका, महादेवा गाउँपालिका, राजविराज नगरपालिकाका केही वडाका बासिन्दाहरु लाभान्वित हुने तोपा प्राथमिक स्वास्थ्य केन्द्रका सिअहेब बालकुमार साहले जानकारी दिए ।
प्रयोगशालामा न्यून शुल्कमा परीक्षणको व्यवस्था मिलाइएको प्राथमिक स्वास्थ्य केन्द्र तोपाका प्रमुख डा. सन्तोष साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ