News Category 2080/03/06
योग दिवसमा योगाभ्यास र प्रभातफेरी

दैनिक समाचारदाता
राजविराज, ६ असार ।
९औं अन्तराष्ट्रिय योग दिवसको अवसरमा राजविराजस्थित राजरंगशालमा बुधबार योगशिविर तथा बजार क्षेत्रमा प्रभातफेरीके आयोजना गरिएको छ ।
“मानवताका लागी योग, योग गरौ निरोग रहौं” सन्देशसहित बुधवार पतञ्जली योग समिती नेपाल मधेश प्रदेश समितीको आयोजना तथा प्रादेशिक आर्युवेद र वैकल्पिक चिकित्सालय, पतञ्जली योग साधना केन्द्र सप्तरी, माँ काली योग साधना केन्द्र लगायत संस्थाको संयोजनमा शिविर तथा प्रभातफेरीको आयोजना गरिएको हो ।
राजरंगशालामा आयोजित शिविरमा सहभागी हुनेको भीड लागेको थियो । त्यही म्याट ओछ्याएर सहभागिहरु योगासन तथा ध्यानमा मग्न भए । शिविरमा करिब डेढ घण्टा योगाभ्यास तथा अन्य कार्यक्रम आयोजना गरिएको थियो ।
त्यस पश्चात प्रभातफेरीको आयोजना गरियो । शिविरमा सहभागि मधेश प्रदेश सभा सदस्य एवं प्रदेशसभा अर्थसमिति संयोजक सतिश कुमार सिंहले तनावमुक्त, शान्त, रोगमुक्त स्वास्थ्य शरीर, आघातमुक्त र चित्त विकासमा योगको महत्वपुर्ण भुमिका रहेकाले योगमा जुड्न सर्वसाधारणलाई आग्रह गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ