News Category 2080/03/08
विष्णुपुरको नीति तथा कार्यक्रममा प्रत्येक वडामा पार्कदेखी मुख्य चौकमा रात्री बजारको योजना
दैनिक समाचारदाता
राजविराज, ८ असार ।
सप्तरीको विष्णुपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा प्रत्येक वडामा पार्कदेखी मुख्य चौकमा रात्रीकालिन बजार संचालनमा ल्याउने सम्मको योजना समावेश गरिएको छ ।
शुक्रबार सम्पन्न ११ औं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा यस्तो योजना समावेश गरिएको हो । प्रस्तुत नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षका लागि ३६ करोड रुँपैया भन्दा बढीको बजेट बिनियोजन गरिएको छ ।
गाउँसभामा अध्यक्ष उमेश प्रसाद यादवले संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने रकमका साथै आन्तरिक आम्दानी, दातृ निकाय एवं विभिन्न संघ संस्थाबाट प्राप्त हुने रकमको आधारमा आगामी २०८०÷८१ को बजेट तथा नीति कार्यक्रम तयार पारिएको बताए ।
प्रस्तुत बजेटमा कृषि, शिक्षा, स्वास्थ्य र सडकलाई उच्च प्राथमिकतामा राखिएको छ । यस्तै रोजगार, खेलकुद, सीप विकास, गरिबी निवारण, पत्रकारितालाई पनि आगामी नीति तथा कार्यक्रममा समेटिएको छ ।
गत आर्थिक वर्ष २०७९÷८० मा ४८ करोड ८३ लाख ९४ हजार २ सय ९७ रुँपैया बजेट तय गरिएकोमा यस वर्ष झण्डै १२ करोडले बजेट घट्न गएको प्रमुख प्रशासकीय अधिकृत किशोर कुमार रामले बताए ।
नीति तथा कार्यक्रम तर्जुमा गर्दा संविधानको भावना र मर्म, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पठाइएको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्ददर्शन, अर्थ मन्त्रालयबाट जारि स्थानिय तहमा बजेट तर्जुमा कार्यबिधी तथा सम्बन्धीत क्षेत्रका विज्ञहरुबाट प्राप्त सुझावलाई आधार बनाइएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए ।
परम्परागत खेती प्रणालीलाई आधुनिक खेती प्रणालीमा रुपान्तरण गर्ने, कृषि बाली तथा पशु बिमा गरि कृषकहरुको जोखिमलाई न्युनिकरण गर्ने, कृषि उपज संकलन र बजार ब्यवस्थापनको पूर्वाधार निर्माण तयार गर्ने, कृषकलाई समयमै र सहज ढंगले मल, बिऊबिजन तथा कृषि सामाग्रि उपलब्ध गराउने र सिचाईका लागि कृषि विद्युतीकरण बिस्तार गर्ने लगायतका योजना नीति तथा कार्यक्रममा समेटिएको छ ।
यस्तै सहरी सुन्दरता एवं पर्यटन बिकासका लागि एक वडा एक पार्क निर्माण, बृक्षारोपन, स्थानिय सरकार र उद्योग बाणिज्य संघको सहकार्यमा सघन बजार क्षेत्रमा रात्रीकालिन बजारको सुरुवात, मुख्य चौक र गाउँपालिका प्रवेश द्वारमा पर्यटकीय दृश्यसहित डिजिटल डिस्प्ले÷बिल बोर्ड जडान, कृषि सडक, कृषि बजार, सीत भण्डार, गोदाम घरहरुको पूर्वाधार निर्माण, मुख्य बजार क्षेत्रमा सिसि क्यामरा जडान, आगलागि नियन्त्रणका लागि बारुणयन्त्र खरीद, विपन्न र न्युन आय भएका घरपरिवारको पहिचान गरि परिचय पत्र बितरण लगायतका योजना नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
यस्तै पत्रकारको बृद्धि विकासका लागि पत्रकार महासंघको समन्वयमा विभिन्न गतिविधी संचालन गर्ने, जनहीतकारी सूचनामा स्थानिय संचार माधयमलाई प्राथमिकता, गाउँपालिकाको टेलिभिजन प्रशासरण कार्यक्रम संचालन गर्ने, गाउँ सभाबाट हालसम्म निर्माण भएका ऐन, नियम तथा कानुनहरुलाई संग्रह गरि स्थानिय कानुन संग्रह प्रकाशन गर्ने, राजविराज विमानस्थलसम्म पुग्ने सडकलाई १० मिटर चौडाईको बनाउने लगायतका योजना पनि बजेटमा समेटिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ