News Category 2080/03/09
बबिता र मनोजबीचको अन्तरजातिय प्रेम विवाहले लियो नयाँ मोड, जन्मदर्ताका अनुसार बबिताको उमेर १३ वर्ष
राजविराज÷सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ की बबिता इसर र विष्णुपुर गाउँपालिका ६ का मनोज रामबीचको अन्तरजातिय प्रेम विवाहमा वडा कार्यालयले जन्मदर्ता प्रमाणपत्र बारे ठूलो खुलासा गरेको छ ।
शनिबार अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष तेजनारायण यादवले पत्रकार सम्मेलन गरि वडा कार्यालयका कार्यालय सहयोगि देवकान्त चौधरीलाई मनोजका आफन्त नारायण राम भन्ने व्यक्तिले प्रलोभनमा पारी किर्ते गरी अर्को जन्मदर्ता निकालेको दाबी गरेका छन् । उनले भने किर्तो गरि निकालिएको सोही जन्मदर्ता कपिलबस्तु जिल्ला अदालतमा पेश गरेको र सोही आधारमा उनको कोर्ट म्यारेज भएको खुलासा गरे ।
पत्रकार सम्मेलनमा कार्यालय सहयोगि देवकान्तले नारायण भन्ने व्यक्तिले आफूलाई १५ हजार रुँपैया दिने प्रलोभन देखाई पुरानो मितिमा बबिताको जन्मदर्ता बनाउन लगाएको र आफू प्रलोभनमा परी त्यसको जालमा फसेको बताए ।
बबिताका अभिभावकले प्राप्त गरेको जन्मदर्ता अनुसार हाल बबिताको उमेर १३ वर्ष मात्र देखिन्छ । तर, सोही कार्यालयबाट नारायणले उमेर बढाउने गरी निकालेको अर्को जन्म दर्ता प्रमाणपत्रबाट बबिताको उमेर २१ वर्ष देखाउछ ।
पत्रकार सम्मेलनमा वडा सचिव रमेश घिमिरेले हाल अपहरण तथा शरीर बन्धक मुद्दामा पूर्पक्षका लागि राजविराज कारागारमा रहेका मनोजलाई जोगाउन उनका आफन्त नारायणले बुनेको योजनामा पैसाको प्रलोभनमा परी कार्यालय सहयोगि देवकान्त फसेको सुनाए ।
पत्रकार सम्मेलनमा कार्यालय सहयोगि देवकान्तले गल्ति स्वीकार्दै भने, “१५ हजार दिन्छु भन्दै लोभ देखाएर पुरानै मितिमा जन्मदर्ता आवेदन दर्ता गर्न लगाए, तर प्रमाणपत्र लिएर गइसकेपछि १५ पैसा नदिई टाप कसे ।”
देवकान्तलाई १५ हजार दिने प्रलोभन देखाई पुरानै मितिमा उमेर बढी देखाउने गरी नारायणले जन्मदर्ता गर्न लगाएको र वडा अध्यक्ष तेजनारायणले फारमभरी ल्याएको कागजमा विश्वासमा परी सिफारिस गरेको वडा सचिव घिमिरेको भनाई छ ।
बबिताका बुवा ललित इसरले जिल्ला प्रहरी कार्यालय सप्तरीमा छोरीलाई वेपत्ता बनाएको भन्दै मनोज बिरुद्ध अदालतमा अभियोगपत्र दर्ता भएपछि न्यायधिश रमेश प्रसाद ज्ञवालीको इजलाशले पुर्पक्षका लागि राजविराज कारागार चलान ग¥यो । मनोज अहिले राजविराज कारागारमा छन् भने बबिता उनका श्रीमान मनोजको घरमा बस्छिन् । उनी दिनहुँ जसो अहिले सदरमुकाम राजविराजमा प्रहरी र अदालत बाहिर प्रदर्शन गर्ने गरेका छन् ।
यता बबिताले आफ्नो अपहरण नभएको, राजिखुशीले मनोजसँग प्रेम विवाह गरेको जानकारी दिइन् । उनले आफ्नो बिहे गर्ने उमेर पुगेको दाबी गर्दै जातिय आधारमा भेदभाव गरिएको र झुठो मुद्दा लगाएर श्रीमान मनोजलाई जेल पठाइएको भन्दै रिहाई नगरिएसम्म संघर्ष गरिरहने बताइन् ।
यसरी दुई किसिमको फरक फरक जन्मदर्ताको आधारमा गरिएको निर्णयले वडा कार्यालयसँगै अदालत समेत विवादमा मुछिएको छ । बबिता र मनोज दुबैको अभिभावक भने एक अर्कामाथी किर्ते गरी जन्मदर्ता निकालेको आरोप लगाउँदै गरेको बेला वडा कार्यालयले यस्तो खुलासा गर्दै बबिताका अभिभावकले प्रस्तुत गरेको जन्मदर्ता नै सक्कली भएको दाबी गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ