News Category 2071/09/07
भारदह पूर्ण खोपयुक्त गाविस घोषणा
दैनिक संवाददाता
राजविराज, ६ पुस ।
सप्तरीको भारदह गाविसलाई आइतबार पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ ।
सो गाविसका १२ देखी २३ महिनासम्मका बालबालिकाहरुलाई पुस ६ गतेसम्म सबै किसीमको खोप लगाएपछि आइतबार एक कार्यक्रमबीच खोपयुक्त गाविस घोषणा गरिएको हो ।
यसअघि विहीबार मात्र सप्तरीको हरिपुर गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएकाृ थियो भने सप्तरीको बोरिया गाविस पनि पूर्ण खोपयुक्त गाविस घोषणा भईसकेको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले उक्त गाविसस्थित भारदह अस्पतालका निमित्त प्रमुख धर्मेन्द्र्र खड्गालाई पूर्ण खोपयुक्त गाविस घोषणा गर्न सफल भएको भन्दै प्रमाण–पत्र प्रदान गर्नुभयो ।
सो गाविसका सबै वडाका ३ सय ४ जना बालबालिकालाई बिसिजी, डिपीटी, होपाईटाइटिस बी, एचआईबी, पोलियो, दादुरा, टीडीसहितका सबै खोप लगाएपछि पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख विजयकुमार झाले जानकारी दिनुभयो ।
तराई–मधेसका आठ जिल्लामध्ये सबैभन्दा पहिलो पूर्ण खोपयुक्त गाविस बोरिया भएको थियो भने दोश्रोमा हरिपुर र तेश्रोमा भारदह हुन सफल भएको छ ।
गाविस सचिव भागवत महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी कोमलप्रसाद धमला, डब्लुएचओका प्रतिनिधि महेन्द्र सिंह थापा, गाविस सचिव हकहित संरक्षण केन्द्रका केन्द्रिय उपाध्यक्ष राम कुमार यादव, गाविस सचिव हकहित संरक्षण केन्द्र सप्तरीका अध्यक्ष भागवत प्रसाद यादव, स्थानीयबासी पवन मण्डल, बरिष्ठ पत्रकार शिबहरी प्रसाद भटराई, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष प्रकाश खतिवडा, महासंघका सल्लाहकार जितेन्द्र खड्गासहितकाले भारदह गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गर्नमा भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिंदै सप्तरीका सबै गाविस पूर्ण खोपयुक्त गाविस घोषणा हुनेमा विश्वास ब्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा सो गाविसका १० जना स्वयमसेविकाहरुलाई पूर्ण खोपयुक्त गाविस घोषणा गर्न अथक प्रयास गरेको भन्दै प्रशंसा पत्र प्रदान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ