News Category 2080/03/15
नेपाल बैंकमा “लकर” सेवा सुरु, रेमिट्यान्स सेवा पुनः सूचारु
दैनिक समाचारदाता
राजविराज, १५ असार ।
नेपाल बैंक लिमिटेड राजविराज शाखाले शुक्रबारदेखी आफ्नो नियमित सेवासँगै थप लकर सेवाको शुभारम्भ गरेको छ ।
पूर्व निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले सो लकर सेवाको उद्घाटन गर्दै पहिलो ग्राहक समेत बने । उद्घाटनका क्रममा डा. यादवले भने, “मुलुककै जेठो बैंकले राजविराजमा लकर सेवा प्रदान गरेर ग्राहकको मागलाई पुरा गरेको छ, यसका लागि शाखा कार्यालयका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिन चाहन्छु ।

बैंकका शाखा प्रबन्धक सुरेन्द्र प्रसाद यादवले भने, “लकर सेवाका लागि धेरै दिनदेखी प्रयासरत थियौं, तत्पश्चात् आजदेखी सेवा सूचारु भएकोमा ग्राहकहरुलाई सेवा लिन आग्रह गर्दछु ।”
उनले लकर सेवा पूर्ण रुपले सुरक्षित रहेको दाबी गर्दै ग्राहकले कार्यालय समयभित्र आएर आफ्नो बहुमुल्य बस्तु, अति आवश्यक कागजात, जग्गाधनी लालपूर्जा, शेयरका कागजातहरु लगायत राख्ने सकिने व्यवस्था रहेको जानकारी दिए । हाललाई ७५ वटा क्षमता भएको लकर सेवा सूचारु भएको बताउँदै प्रबन्धक यादवले ग्राहकको माग अनुसार लकर सेवाको क्षमता बिस्तार गर्दै लैजाने जानकारी पनि दिए ।

यस्तै प्रबन्धक यादवले बैंकको नियमित सेवासँगै रेमिट्यान्स सेवा पनि पुनः सूचारु भएको जनाए । यसअघि राजविराजमा सरकारी बैंकतर्फ राष्ट्रिय बाणिज्य बैंकले मात्र लकर सेवा प्रदान गर्दै आइरहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ