News Category 2080/03/15
बाँझो जग्गालाई खेतीयोग्य बनाउने ९१ वर्षिय बयोबृद्ध किसान सम्मानित
दैनिक समाचारदाता
राजविराज, १५ असार ।
बाँझो जग्गालाई खेतीयोग्य बनाउने ९१ वर्षिय एक बयोबृद्ध किसानलाई शुक्रबार सम्मान गरिएको छ । शमसान घाटको रुपमा प्रयोग भइरहेको उक्त जग्गामा फलफुल खेती लगाउन सफल सप्तरीको तिरहुत गाउँपालिका ४ डिमन निवासी ९१ वर्षिय अयोधि यादवलाई कृषि ज्ञान केन्द्रले एक समारोहकाबीच सम्मान गरेको हो ।
राष्ट्रिय धान दिवसको अवसर पारेर आयोजित कार्यक्रममा केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादवले अयोधिलाई दोसल्ला र कदरपत्रका साथ सम्मान गरेका हुन् । उत्कृष्ट ब्यवसायीक फलफुल खेती गरेकाले उनको योगदानको उच्च मुल्याङ्कन गरि सम्मान गरिएको केन्द्रका प्रमुख यादवले बताए ।
तिरहुत गाउँपालिका ४ डिमनस्थित १२ बिगहा जग्गामा करिब चार दशकदेखी नियमित खटेर विभिन्न जातका फलफुल उनले लगाएका थिए । उनको प्रेरणाबाट अन्य गाउँले पनि बाँझो छोडिराखेको जग्गामा अहिले फलफुल खेती सुरु गरेका छन् । सम्मानित अयोधि अहिले पनि खेतीपाति मै लागेका छन् ।
यसै उपलक्ष्यमा केन्द्र प्रमुख यादवले कार्यालय परिसरमा नवनिर्मित कृषक प्रतिक्षालय भवनको समेत उद्घाटन गरेका छन् ।
कार्यक्रममा कृषि विज्ञ डा. देवनाथ यादव, बालि अधिकृत किसुनदेव राउत, दिनेश यादव, राष्ट्रिय कृषक महासंघका केन्द्रिय सदस्य सुमिन्द्रा चौधरी, गैसस महासंघ मधेश प्रदेशका कोषाध्यक्ष लक्ष्मण यादव, राष्ट्रिय कृषक महासंघ मधेश प्रदेशका सचिव भुपेन्द्र प्रसाद यादव, पत्रकार चन्दन यादव, कृषि विज्ञ एवं राजनीतिकर्मी विकास तिवारी लगायतले शुभकामना दिँदै कृषि प्रधान मुलुक भनिएपनि कृषि क्षेत्रमा सरकारबाट सो अनुसारको लगानी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ