News Category 2071/09/07
मन्दिरको अतिक्रमण रोक्नुपर्ने माग
दैनिक संवाददाता
राजविराज, ६ पुस ।
सप्तरीको सदरमुकाम राजविराज १ स्थित हरिनन्देश्वर महादेव मन्दिरलाई अतिक्रमणबाट जोगाउनुपर्ने माँग गरिएको छ ।
हरिनन्देश्वर महादेव मन्दिरका संरक्षक महन्थ राजेश्वर भारतीले एक विज्ञप्ती प्रकाशन गरी उक्त मन्दिरलाई पटक पटक अतिक्रमण गर्ने गरेकाले त्यसलाई जोगाउँनका लागि सम्बन्धित सबै पक्षसँग आग्रह गरिएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा सगरमाथा अंचलकै सदरमुकाम राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिर विगत एक दशकदेखि जिर्ण अवस्थामा रहेको जनाउँदै मन्दिर परिसरमा रहेको जग्गा आवश्यक घेरबेरको अभावले पटक पटक अतिक्रमणको शिकार समेत भएको जनाएको छ ।
२०५८ साल फाल्गुन ७ गते मन्दिर परिसरमा रहेको जग्गा अतिक्रमण गर्ने क्रममा सो जग्गालाई अतिक्रमण हुनबाट ठुलै संघर्ष गरी जोगाइएको जनाउँदै त्यसको केही वर्ष लगत्तै मन्दिर परिसरमा छाउनी, टहरा, पसल आदीले गर्दा समय समयमा हुने धार्मिक कार्यमा बाधा पुगेपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी सिताराम पोखरेल र मन्दिरका पुजारीको पहलमा सो अतिक्रमण हटाईएको थियो ।
त्यस्तै हस्ताक्षरित विज्ञप्तीमा मन्दिरमा घेरबेर नभएको कारणले मन्दिर प्राङ्गणमा खुलाशौच गर्ने, पार्किङ्ग गर्ने, जथाभावी फोहोर फाल्ने लगायतका समस्याहरु देखिएको जनाउँदै सात दिन अघि मात्र मन्दिर परिसरमै पार्किङ्ग स्थलको साईनबोर्ड लगाएर मन्दिर परिसर अतिक्रमणलाई बढावा दिने काम भएको आरोप लगाइएको छ ।
साथै मन्दिर आर्थिक संकटमा परेको जनाउँदै सन्यासी परिवार आफु भौके जीवन ब्यक्ति गरी तीन पुस्तादेखि धार्मिक स्थालको रुपमा रहँदै आएको सो मन्दिर परिसरको जग्गा अतिक्रमणलाई अबिलम्ब रोक्नुपर्ने मााग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
- 2082/10/13 विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण
- 2082/10/13 नेशनल प्याब्सन सप्तरीका पुर्व अध्यक्ष साहको निधन
- 2082/10/13 रहेनन् पुराना काँग्रेसी भरत
- 2082/10/11 सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ