News Category 2080/03/17
डाक्नेश्वरीकी उपमेयर मिरा यादवबिरुद्ध नागरिकता प्रकरणमा मुद्दा दर्ता
दैनिक समाचारदाता
राजविराज, १७ असार ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मिराकुमारी यादवबिरुद्ध नागरिकता प्रकरणमा आइतबार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ ।
उच्च अदालत जनकपुर राजविराज इजलासले जेठ ५ गते जिल्ला प्रहरी कार्यालयका नाममा आदेश दिएपछि मुद्दा दर्ता भएको हो ।
डाक्नेश्वरी नगरपालिका ३ का कृष्णकुमार यादवले भारतीय नागरिक मीरा नेपालको नागरिकता लिई उपमेयरसमेत बनेको र प्रहरी, प्रशासनले मुद्दा दर्ता गर्न नमानेको भन्दै उच्च अदालतमा परमादेशको माग गर्दै रिट दायर गरेका थिए । सो रिटमाथि सुनुवाई गर्दै उच्च अदालतले यस्तो आदेश गरेको हो ।
निवेदक कृष्णकुमार यादव र विपक्षी जिल्ला प्रहरी कार्यालय राजविराज, सप्तरीसमेत भएको परमादेश रिट निवेदनमा विपक्षीमध्येका जिल्ला प्रहरी कार्यालय, सप्तरीका नाममा परमादेशको आदेश जारी हुने ठहरी अदालतबाट जेठ ५ गते आदेश भई उक्त आदेश अनुसार ३ गते प्रमाणीकरण गरि सरकारी वकिलमार्फत जिल्ला प्रहरी कार्यालयमा पत्र पठाएर मुद्दा दर्ता गरेको हो ।
उपप्रमुख मिराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको भन्दै २०७९ साउनमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको थियो । मिरा, महेन्द्रसहित उनीहरुका सन्तानले समेत झुठा विवरण पेस गरेर नागरिकता लिएको उजुरीमा उल्लेख छ ।
भारतको भोटर लिष्टमा समेत मिराको नाम रहेको दाबी उजुरीमा गरिएको छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मिराले पेस गरेको शपथपत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाणसमेत उजुरीका साथमा समावेश गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ