News Category 2080/03/21
एमाले र अध्यक्ष ओली बिरुद्ध मिटरब्याजी पीडितद्वारा प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, २१ असार ।
मिटरब्याजीलाई कारवाही गर्न सरकारले ल्याएको अध्यादेश निष्कृय भएपछि सप्तरीका मिटरब्याजी पीडितहरुले बिहीबार प्रदर्शन गरेका छन् ।
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणमा भेला भएका मिटरब्याजी पीडितहरुले मिटरब्याजीलाई कारवाही गर्न २०८० बैशाख २० गते सरकारद्वारा ल्याइएको अध्यादेश अविलम्ब पारित गर्नुपर्ने माग गर्दै प्रर्दशन गरेका हुन् ।
मिटरब्याजी पीडित संघर्ष समिति सप्तरीको अगुवाईमा निस्केको जुलुस, २०८० बैशाखमा सरकारले ल्याएको अध्यादेश हुबहु पारित गर, मिटर ब्याजी (सुधखोर साहुमहाजन) लाई पक्राउ गर, मिटरब्याजी पीडितलाई न्याय दे लगायतका नाराबाजी गर्दै पीडितहरुले प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा मिटरब्याजी पीडितलाई न्याय दिन सरकारले ल्याएको अध्यादेश पारित गर्न नदिन नकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका सांसदहरुद्वारा संसद अवरुद्ध गरिएको भन्दै अध्यक्ष ओली र एमाले बिरुद्ध पनि चर्को नाराबाजी गरेका थिए ।
मिटरब्याजी पीडितहरुले एमाले र अध्यक्ष ओलीकै कारण आफूहरुको पक्षमा आउन लागेको अध्यादेश निस्कृय भएको भन्दै एमाले बिरुद्ध चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
मिटरब्याजी पीडित संघर्ष समितिका अध्यक्ष तैयब अलीले ऐन नियम बिपरित मनोमानी ढंगले ऋण लगानी र ब्याज असुली गर्ने मिटरब्याजीका कारण हजारौं सोझासाझा, गरिब, विपन्न नागरिकको उठिबास भएको र त्यस्ता प्रबृतीलाई एमालेले संरक्षण दिएको आरोप लगाए ।
मिटरब्याजी समस्या समाधान गर्न ल्याइएको अध्यादेश पारित हुने अन्तिम दिन एमालेले संसद अवरुद्ध गर्दा कानुन निस्कृय बन्ने खबरले आफूहरु अन्यायमा परेको भन्दै मिटरब्याजी पीडितहरुले अविलम्ब सो अध्यादेश पारित गर्न माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ