News Category 2071/09/08
नौ दिनदेखि आमरण अनसनमा बसेका अनसनकारीहरुको स्वास्थ्य अवस्था गम्भिर, सम्बन्धित निकाय मौन
दैनिक संवाददाता
राजविराज, ७ पुस ।
विभिन्न पाँच बुँदे माँगहरु अघि सार्दै विगत नौ दिनदेखि आमरण अनसनमा बसेका दैनिक ज्यालादारी कर्मचारीहरुको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।
विगतमा पटक पटक भएको सम्झौता अबिलम्ब कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै १५ दिनदेखी विभिन्न चरणका आन्दोलन गर्दै आइरहेपनि सम्बन्धित पक्षले कुनै सुनुवाई नगरेको भन्दै दैनिक ज्यालादारी कर्मचारीहरु अनिश्चितकालिन आमरण अनसनमा बसेका हुन् ।
आमरण अनसनमा बसेका दैनिक ज्यालादारी कर्मचारीहरु मध्ये हिरा साह तेली, महेश्वर लाल दास, राज कुमार यादव, लक्ष्मण साह हलुवाई र सोने लाल मण्डलको अवस्था गम्भिर बन्दै गएको छ ।
अनसनकारीहरुको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएपनि त्यसतर्फ राज्य तथा सम्बन्धित कार्यालय र निकायको कुनै ध्यान नपुगेको आरोप अनसनकारीहरुले लगाएका छन ।
कर्मचारीहरुले १० देखि ३० वर्ष सम्म दैनिकी काम गर्ने दक्ष कामदार श्रमिकहरुलाई उमेरको हद लगाई हटाउँदा एक मुष्ट एक वर्ष बराबरको २ महिनाको दरले खाईपाइ आएको परिश्रामिक रकम बराबर रकम उपलब्ध गराउनुपर्ने, सो रकम सम्बन्धित पक्षहरुले उपलब्ध नगरासम्म सम्पुर्ण श्रमिकहरुलाई यथावत काममा लगाई राख्नुपर्ने र संवेदनशिल क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई जिवन बिमा तथा दुर्घटना बिमाको व्यवस्था गर्नुपर्ने लगायतका माँगहरु अघि सारि विगत नौ दिन देखि कार्यालयकै प्राङ्गणमा अनिश्चितकालिन आमरण अनसनमा बसेका हुन ।
सप्तरीमा ७० जना श्रमिक ज्यालादारी कर्मचारीहरु मध्ये ३२ जनालाई उमेरको दह अर्थात ५८ वर्ष पुरा भएको भन्दै कार्तिक १ गतेबाट खारेज गरेपछि दैनिक ज्यालादारी कर्मचारीहरु विगत केही समय देखि चरणवद्ध आन्दोलनमा ओर्लैका हुन । विगत २५÷३० वर्षदेखि श्रमिक ज्यालादारी कर्मचारीहरु कार्यरत रहेको तथा श्रमिकहरु दैनिक काम गरे वापत ज्याला पाउँदै आएकाले आफुहरुमाथि अन्याय भएको भन्दै आफनो जायँज माँगहरु प्रति राज्य तथा सम्बन्धित निकायको ध्यान नगएकाले बाध्यता आन्दोलनमा जानुपरेको तथा आफुहरुको जायज माँग पुरा नहुन्जेल सम्म अनिश्चितकालिन आमरण अनसन जारी रहने समितिका सचिव राज कुमार यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ