News Category 2080/03/24
दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
दैनिक समाचारदाता
राजविराज, २४ असार ।
दुई देशको नागरिकता लिएको प्रकरणमा पक्राउ परेकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादवलाई अनुसन्धानका लागि पुनः म्याद थप गरिएको छ ।
सप्तरी जिल्ला अदालतले पहिलो पटक बिहीबार अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेकोमा आइतबार पुनः पाँच दिनका लागि म्याद थप गर्ने निर्णय गरेको हो ।
नेपाल र भारतको नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिरा कुमारी यादवले असार २० गते आफै जिल्ला प्रहरी कार्यालय सप्तरीमा हाजिर भएकी थिइन् । प्रहरीले उनलाई बिहीबार अदालत समक्ष उपस्थित गराएपछि अनुसन्धानका लागि तीन दिनको म्याद थपिएको थियो ।
सोही कसुरका आरोपी उनका श्रीमान् महेन्द्र भने फरार रहेको र उनको खोजिकार्य भइरहेको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।
उपप्रमुख मिरा र उनका पति महेन्द्र बिरुद्ध नागरिकता सम्बन्धी कसुर मुद्दामा जेठ ५ गते सप्तरी जिल्ला अदालतबाट परमादेश जारि भएपछि असार १७ गते जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो ।
डाक्नेश्वरी नगरपालिका वडा नं. ३ निवासी कृष्णकुमार यादवले दुई महिनाअघि उच्च अदालत जनकपुर–राजविराज इजलाशमा दायर गरेको मुद्दामा गत जेठ ५ गते न्यायाधिशद्वय हरिप्रसाद भण्डारी र तेजनारायण सिंह राइको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाउँमा परमादेशको आदेश जारी भएको थियो ।
परमादेश जारि भएपछि असार १७ गते जिल्ला प्रहरी कार्यालय सप्तरीले मुद्दा दर्ता गरेको थियो । कृष्णाले भारतीय नागरिक मिरा नेपालको नागरिकता समेत लिई उपमेयर बनेको र प्रहरी, प्रशासनले मुद्दा दर्ता गर्न नमानेको भन्दै उच्च अदालतमा परमादेशको माग गर्दै रिट दायर गरेका थिए ।
उपप्रमुख मिराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको दाबी गर्दै २०७९ साउनमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको थियो । मिरा, महेन्द्रसहित उनीहरुका सन्तानले समेत झुठा विवरण पेस गरेर नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख छ ।
भारतको मतदाता सूचीमा मिराको नाम रहेको दाबी उजुरीमा गरिएको छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मिराले पेस गरेको शपथपत्र तथा भारतको निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण पनि उजुरीमा समावेश गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ