News Category 2080/03/25
उपभोक्ता समितिले रकम नपाएपछि राजविराज नगरपालिकामा तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, २५ असार ।
उपभोक्ता समितीका पदाधीकारीहरुले सोमवार राजविराज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
राजविराज नगरपालिका मार्फत गरिएको विभिन्न विकास निर्माण कामको भुक्तानी नपाएको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।
कार्यालयको मुल गेट मै टायर बालेर धर्नामा वसेका आन्दोलनकारीहरुले पाउनु पर्ने रकम अविलम्ब उपलब्ध गराउनु पर्ने एक सुत्रिय माँग अघि सारेका छन् ।
सडक, सामुदायीक भवन, मठमन्दिर, पोखरीघाट प्रवेशद्वारा, विद्यालय भवन, नाला निर्माण लगायतका योजनामा काम गरेवापतको भुक्तानी दिनु पर्ने रकम नदिएको भन्दै आक्रोशित बनेका उनीहरुले अनिश्चितकालन तालाबन्दी गर्नुका साथै नाराबाजी गर्दै धर्नामा समेत बसेका छन् ।
नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविन, प्रमुख प्रशासकिय अधिकृत धर्मानन्द जोशी तथा कर्मचारी लगायतले आफ्ना नजिकका मानिसहरुले गरेको कामको समय मै अनुगमन गरी भुक्तानी दिएपनि आफुहरुको भुक्तानी नदिएर रकम फ्रिज गराउन खोजेको विभिन्न उभोक्ता समितीका पदाधीकारीहरुले आरोप लगाएका छन् ।
उपभोक्ता समितीका अध्यक्ष विनोद यादवले भने, “मैले गरेका कामको फायल कार्यवाहक नगरपालिका प्रमुख परविन, प्रमुख प्रशासकिय अधिकृत जोशी र योजना तथा लेखा फाँटका कर्मचारीलाई ५ दिन अघि नै दिएर पटक पटक अनुगमनका लागी आग्रह गरे तर, अन्तिम समयमा आएर अनुगमन नै नभएको भन्दै भुक्तानी रोकेर दुख दिने काम भएको छ ।”
आफुहरुको भुक्तानी नहुन्जेल सम्म कार्यालयको तालावन्दी र धर्ना यथावत रहने अर्का उपभोक्ता समितीका पदाधिकारी लक्ष्मण यादवले बताए ।
समय मै काम गरिदिदा पनि भुक्तानी नहुदा आफुहरुले सुन चाँदी र जग्गा नै धितो राखेर उधारो लिएको निर्माण समाग्रीको भुक्तानी गर्नु पर्ने अवस्था आएको उपभोक्ता समितीका पदाधिकारीहरुले गुनासो गरेका छन् ।
कार्यवाहक नगरप्रमुख र कर्मचारीहरुले आफनो आसेपासे र मागे अनुसारको कमिशन दिएकाहरुको रकम भुक्तानी तत्कालै दिएको तर आफुहरुले कमिशन नदिएकै कारण रकम फ्रिज गराउन खोजेको अधिकाँश उपभोक्ता समितीका पदाधिकारीरुले गुनासो गरेका छन् ।
नगरपालिकाका योजना अधिकृत मनोज यादवले सरवरले ठिक सँग काम नगरेको तथा कर्मचारी –कर्मचारीबीच समन्वयको अभावले गर्दा समयमा भुक्तानी हुन नसकेको लाचारी सुनाए ।
कार्यवाहक नगरप्रमुख परविनले ढिलो गरी कागजात ल्याएको, कतिपयको काम अधुरो रहेको र कतिपयले अन्तिम समयमा मात्र फायल पेश गरेकाले सबै ठाँउमा अनुगमन गर्न सम्भव नभएका कारण भुक्तानी दिन समस्या भएको बताइन् । उनले भुक्तानी रोकिएकाहरुको समस्याबारे आफु पुर्ण जानकार रहेको र समाधानका लागी आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाएकी छ्नि ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ