News Category 2071/09/08
बोरिया गाविस सचिवले लाखौ रकम भ्रष्टाचार गरेको आरोप
दैनिक संवाददाता
राजविराज, ७ पुस ।
सप्तरीको बोरिया गाविसका सचिव नन्दी यादवले गाविसको लाखौ रकम अनियमितता गरेको आरोप स्थानीयहरुले लगाएका छन ।
नेपाल पत्रकार महासंघ राजविराजमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी बोरिया गाविसका निवर्तमान अध्यक्ष गुलाब प्रसाद देव, स्थानीय रामलखन यादव, मिलिश्रलाल यादव सहितले सचिव यादवले आर्थिक वर्ष २०५३÷०५४ को ३ लाख ८० हजार ५ सय ६० र गाविसको श्रेस्ता नै गायब गरी रकम भ्रष्टाचार गरेको आरोप लगाएका छन ।
त्यस्तै आव २०५९÷०७० को ३ लाख ८६ हजार ९ सय रकम कुनै काम नै नगरी भ्रष्टाचार गरेको तथा भ्रष्ट गाविस सचिवमाथि आवश्यक कार्बाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, तत्कालिन भ्रष्टाचार नियन्त्रण शाही आयोग, स्थानीय विकास मन्त्रालय, क्षेत्रिय प्रशासन कार्यालय धनकुटामा समेत उजुरी दिईएको तर गाविस सचिवमाथि हाल सम्म कुनै कार्बाही नभएको बताएका छन ।
आयोजित पत्रकार सम्मेलनमा गाविस सचिव यादवले गाविसका बृद्धबृद्धाहरुलाई हाल सम्म सामाजिक सुरक्षा भत्ता समेत वितरण नगरेको आरोप लगाउँदै स्थानीयहरुले उक्त भ्रष्ट गाविस सचिवको अबिलम्ब कानुनी कार्बाही तथा गाविसबाट सरुवा गर्नुपर्ने जोडदार माँग गरेका छन ।
उक्त भ्रष्ट गाविस सचिवसँग पटक पटक गाविसको आय ब्यय माँग गर्दा पनि आलटाल गर्ने गरेको भन्दै आक्रोशित स्थानीयहरुले सचिवमाथि आवश्यक कार्बाही गर्नुपर्ने माँग समेत पत्रकार सम्मेलनमार्फत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ