News Category 2080/03/28
श्रमिकको तलब २५ हजार निर्धारण माग गर्दै प्रदर्शन र ज्ञापन
दैनिक समाचारदाता
राजविराज, २८ असार ।
मासिक पारिश्रमिक न्यूनतम २५ हजार निर्धारण गर्नुपर्ने माग गर्दै नेपाल ट्रेड यूनियन काँग्रेस सप्तरीको अगुवाईमा बिहीबार प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाइएको छ ।
श्रमिकहरुको जीवनयापनमा सहजताका लागि सो प्रदर्शन पश्चात् प्रमुख जिल्ला अधिकारी मार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई ज्ञापन पत्र पठाइएको हो ।
ट्रेड यूनियनका जिल्ला अध्यक्ष मनोज कुमार मण्डल नेतृत्वको टोलीद्वारा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा मार्फत पठाइएको ज्ञापन पत्रमा वर्तमान समयको मूल्य वृद्धि र महगीलाई ध्यानमा राखी श्रमिकहरुको जीवन सहजताका लागि न्यूनतम पारिश्रमिक २५ हजार निर्धारण गरिनु पर्ने माग गरिएको छ ।
अनौपचारीक र उत्पादन क्षेत्रमा संलग्न लाखौं श्रमिकलाई आकाशिदो बाजार मूल्यले हात–मुख जोडने समस्यामा समेत पारेको उल्लेख गर्दै ज्ञापन पत्र मार्फत हाल निर्धारण गरिएको अव्यवहारिक र अपूग पारिश्रमिकलाई समयसापेक्ष बनाउन माग गरिएको छ ।
उत्पादकत्व वृद्धि र देश समृद्ध बनाउन पनि श्रमिकहरुको जीवनस्तरमा सुधार ल्याउनु जरुरी रहेको उल्लेख गर्दै ज्ञापन पत्र मार्फत श्रमिकको मासिक पारिश्रमिक २५ हजार निर्धारण नगरिए कडा आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी थापाले तत्कालै सो ज्ञापन पत्र सम्बन्धित मन्त्रालयमा पठाउने प्रतिबद्धता जनाएको ट्रेड यूनियन काँग्रेस सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ