News Category 2080/03/29
कोशी नदीमा रेलिङ भत्काउँदै ट्रक खस्यो, तीनै जनाको सकुशल उद्दार
दैनिक समाचारदाता
राजविराज, २९ असार ।
ढोक नं. १० को रेलिङ भत्काउँदै शुक्रबार बिहान एक ट्रक सप्तरी र सुनसरीको सीमामा पर्ने कोशी ब्यारेज पुलबाट नदीमा खसेको छ । प्रहरीका अनुसार शुक्रबार बिहान ७ः३० बजेतिर बस र ट्रक एकआपसमा ठोकिएर सो दुर्घटना भएको हो ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे.१ख. १७६५ नम्बरको यात्रुबाहक बसलाई साइट दिने क्रममा अचानक अनियन्त्रित भई मे.१ख. ३००७ नम्बरको ट्रक सप्तकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।
तिब्र गतिका कारण साइट दिने क्रममा दुबै सवारीसाधन एकआपसमा ठोकिएको र अनियन्त्रित भई ट्रक नदीमा खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
चालकसहित ट्रकमा सवार तीन जनाको डोरीको सहायताले सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिंहले अहिले पानीको बहाव उच्च भएकाले डुबेको ट्रक देख्न नसकिएको तथा खोजतलास भइरहेको जानकारी दिए ।
घटनास्थलमा सप्तरी र सुनसरीका प्रहरी पुगेर ट्रकको खोजिकार्य तथा घटना बारे अनुसन्धान गरिरहेको उनको कथन छ ।
यता दुई दिनदेखी जारि वर्षासँगै सप्तकोशी नदीमा पानीको वहाव बढ्न सुरु भएको छ । शुक्रबार दिउँसो सप्तकोशी नदीमा पानीको वहाव १ लाख ६७ हजार २ सय ८५ क्विसेक प्रतिसेकेन्ड रेकर्ड भएको छ ।
पानीको वहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये अहिले ११ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ