News Category 2080/04/02
भन्सार छलेर भण्डारण गरिएको लाखौं मुल्य बराबरको सामानहरु बरामद
दैनिक समाचारदाता
राजविराज, २ साउन ।
सप्तरी प्रहरीले जिल्लाको सुरुङ्गा नगरपालिकास्थित एक घरमा भन्सार छलेर भण्डारण गरिएको लाखौं मुल्य बराबरको सामानहरु बरामद गरेको छ ।
वडा नं ५ कुशहा बजारस्थित राजकुमार साहको घरमा भारतबाट भन्सार छलेर ल्याइ भण्डारण गरेको अवस्थामा १२ लाख ५७ हजार १ सय ५० मुल्य बराबरको कपडा तथा अन्य सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बरामद गरिएका सामानहरुमा थानको कपडा, सर्ट र पाईन्टको कपडा, साडी, ब्लाउजको कपडा, तन्ना सिल प्याक, रेडिमेड सर्ट सिलप्याक, सल, भेष्ट, बच्चाको भेष्ट, खैनी, चिनी र बच्चाले लगाउने अन्य सानो साईजको कपडाहरु रहेका छन् ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी अधिकृतको टोली र ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको प्रहरी टोलीले साहको घरमा छापा मारी सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन् ।
उनका अनुसार प्रहरी टोली घरमा पुग्दा कोही व्यक्ति फेला नपरेकोले स्थानिय र जनप्रतिनिधी समेतको उपस्थितिमा घरको भुई तल्ला र पहिलो तल्लामा वेवारिसे अवस्थामा सामानहरु फेला परेको हो ।
फेला परेका समानहरु कानुनी रितपुर्वकको मुचुल्का खडा गरि आवश्यक कारवाहीका लागि भन्सार कार्यालय तिलाठी सप्तरीमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ