News Category 2080/04/02
१७ वर्षिया किशोरीको अपहरण गरि सामूहिक बलात्कार, आरोपित चारै जना पक्राउ, अनुसन्धानका लागि चार दिन म्याद थप
“तपाई मेरो दाजु जस्तै हो, तिहारमा लगाएको टिकालाई सम्झिदिनुस् भन्दै पटक पटक अनुनयबिनय गर्दा पनि केही सुनेनन् र खुकुरी देखाएर अस्मिता लुटिरहे ।”
दैनिक समाचारदाता
राजविराज, २ साउन ।
सप्तरीको कंचनरुपमा १७ वर्षिया एक किशोरीको अपहरण गरि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । घटना शुक्रबार राती भएपनि प्रहरीमा पीडितको तर्फबाट सोमबार मात्र जाहेरी परेकाले ढिलो गरि सार्वजनिक भएको हो ।
प्रहरीका अनुसार कंचनरुप नगरपालिका १२ धरमपुर टोल बस्ने १७ वर्षिया किशोरीमाथी सामूहिक बलात्कार गरेको आरोपमा सोही वडा निवासी ४१ वर्षिय कैलाश भनिने टेकराज पोखरेल, २४ वर्षिय सुदिप भुजेल, २२ वर्षिय मनोज विश्वकर्मा र २१ वर्षिय दिपेश सुवेदी पक्राउ परेका छन् । पीडित किशोरी र आरोपित सबै एउटै वडाका हुन् ।
उनीहरुलाई सोमबार साँझ घरमै लुकीबसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई मंगलबार चार दिनको म्याद थप गराई अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी दिपककुमार रायले जानकारी दिए ।
घटनाक्रम अनुसार शुक्रबार राती १०ः३० बजेतिर घरमा रहेकी आमा, बहिनी र भेट्न आएका एक जना केटा साथीलाई छुट्टाछुट्टै कोठामा थुनेर ती किशोरीको अपहरण गरि घरबाट जबरजस्ती उठाएर लगि नजिकै रहेको सोमबहादुर मगरको खाली घरमा पु¥याई पालैपालो बलात्कार गरेको डिएसपी रायले बताए ।
घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की समेत दिएको पीडित किशोरीले बताएकी छिन् । उनले सो दिन घरमा आमा, बहिनी र आफुलाई भेट्न आएका केटा साथी आसिश खान सँगै रहेको बताइन् । रातको समयमा आएका चार जनाले आमा, बहिनी र केटा साथी आसिशलाई धम्क्याउँदै छुट्टाछुट्टै कोठामा थुनेर आफूलाई केही परको सोमबहादुर मगरको पुरानो घरमा लगि पालैपालो बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन् ।
ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने किशोरीका बुबा कामका सिलसिलामा सो दिन जनकपुर गएका थिए । बुवा फर्केपछि छरछिमेक समेतलाई घटना बारे जानकारी गराउँदै सोमबार उनीहरु बिरुद्ध किटानी जाहेरी दिएको पीडित किशोरीले बताएकी छिन् ।
उनले आफूलाई बलात्कार गर्ने मध्येका एक जनालाई तिहारमा लगाएको टिका बारे पनि सम्झाएकी थिइन् । उनले भनिन्, “तपाई मेरो दाजु जस्तै हो, तिहारमा लगाएको टिकालाई सम्झिदिनुस् भन्दै पटक पटक अनुनयबिनय गर्दा पनि केही सुनेनन् र खुकुरी देखाएर अस्मिता लुटिरहे ।”
बलात्कारका क्रममा यो कुरा कसैलाई भने तिम्रो र केटा साथी आसिशको तस्बिर खिचेर सार्वजनिक गरिदिने तथा ज्यानै मार्ने धम्की समेत दिने गरेको उनले सुनाइन् ।
पीडित किशोरीको स्थानिय अस्पतालमा स्वास्थ्य परिक्षण गराई घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ