News Category 2080/04/03
चार दिनदेखी १३ वर्षिया बालिका वेपत्ता, कुवेतमा रहेकी आमाद्वारा छोरी पत्ता लगाइदिन आग्रह
दैनिक समाचारदाता
राजविराज, ३ साउन ।
चार दिनदेखी सप्तरीको महादेवा गाउँपालिका १ पकरीकी १३ वर्षिया आरुसी ठाकुर वेपत्ता छिन् । आइतबार बिहान ८ बजेतिर घरबाट निस्केकी उनी बुधबार साँझसम्म सम्पर्कमा आएकी छैनन् ।
पकरीस्थित नरबहादुर थापा जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत उनी आइतबार बिहान ८ बजेदेखी वेपत्ता छिन् ।
हजुरबुबाको रेखदेखमा रहेकी आरुसीकी आमा जानकी भने बैदेशिक रोजगारीको सिलसिलामा हाल कुवेतमा छिन् । उनका बुबा भरत ठाकुरको पाँच वर्षअघि निधन भइसकेको छ ।
छोरीको अवस्था पत्ता लगाउने कार्यमा पहल गरिदिन कुवेतबाटै जानकीले संचारकर्मीहरुलाई फोन गरेर आग्रह गरेकी छिन् ।
“शनिबार राती ९ बजेतिर छोरीले बोक्ने ९८१४७७८५७० नम्बरको मोबाइलबाट अन्तिम पटक कुरा भएको र त्यसपछि स्विचअफ छ ।” आमा जानकीले भनिन्, “विद्यालयमा भोलीदेखी गर्मी बिदा छ, भोली टोलकै दिदीहरुसँग जनकपुरस्थित भाटभटेनी घुम्ने योजना बनाएकी छुँ, छोरीले सोधेको तर, मैले अनुमति दिइन् ।”
आरुसी ठाकुर दाम्पत्तिका एक्ली सन्तान हुन् । घरको आर्थिक अवस्था कमजोर भएको तथा श्रीमान्को निधनपछि जिवनयापन धौं धौं भएपछि विदेशिनु परेको जानकीले सुनाइन् । छोरीको रेखदेख गर्ने कोही नभएकाले उनले आरुसीलाई हजुरबुबाको जिम्मा दिई केही समयअघि मात्र कुवेत पुगेकी बताइन् ।
हजुरबुबा प्रेम कुवरले केही काम छ भन्दै आइतबार बिहान ८ बजेतिर निस्केको आरुसी साँझ अबेरसम्म नफर्केपछि चिन्तामा डुबेको बताए । भोलीपल्ट एकाबिहान उठेर आरुसीका सहपाठी, छरछिमेक तथा चिनजानका सबैमा जानकारी गराई खोजतलास गर्दा पनि फेला पार्न नसकेको उनको भनाई छ ।
जनकपुर पनि नगएको र उनको सहपाठी तथा नजिकका आफन्त पर्ने सबै गाउँटोलमै रहेकाले छोरीको अपहरण भएको हुन सक्ने आमा जानकीले आशंका ब्यक्त गर्दै स्थानिय प्रशासन लगायतका सरोकारवालामा खोजि गरिदिन अपील गरेकी छिन् ।
जानकीले भनिन्, “उनका साथी, आफन्त र चिनजान भएका ठाउँ सबैतिर खोज्न लगाएका छौं, तर कुनै पत्तो लागेको छैन् ।” आरुसीले प्रयोग गर्ने मोबाइलको प्राविधीक पक्षबाट पनि अनुसन्धान गर्न उनले प्रहरीसँग आग्रह गरेकी छिन् ।
आरुसीका परिवार, आफन्त र साथीभाई समेत फोटो बोकेर सम्भावित स्थानहरुमा खोजिमा जुटेका छन् । परिवारले प्रहरी चौकी पकरीमा समेत उजुरी गरि सकेका छन् ।
यता घटनाको अनुसन्धान गरिरहेका पकरी प्रहरी चौकीका असई जयकिशोर साहले नाबालिक आरुसीको पत्ता लगाउन प्रहरीले कुनै कसर बाँकी नराखेको जानकारी गराउँदै आरुसीको हुलियाँसहितको सम्पूर्ण विवरण देशैभरका प्रहरी कार्यालयमा पठाइसकिएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ