News Category 2080/04/04
बिडी पिउन नदिएपछि मागन्तेको हत्या
“बिडी सल्काएर पिइरहेको मगन्तेलाई देखेपछि आफूले पनि एउटा बिडी माग्दा गाली गलौजमा उत्रेपछि उस्कै लठी खोसेर ४÷५ पटक टाउकोमा हिर्काए ।”
दैनिक समाचारदाता
राजविराज, ४ साउन ।
सप्तरीमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । मागन्तेसँग बिडी पिउन माग्दा नदिएपछि उसको हत्या भएको घटना प्रहरीले सार्वजनिक गरेको हो ।
जिल्लाको कंचनरुप नगरपालिका १ बेरियर चौकस्थित यात्रु प्रतिक्षालयमा बस्दै आएका नाम, थर, ठेगाना नखुलेको अन्दाजी ६० वर्षिय मागन्तेको गत असार ३१ गते मृत शरीर फेला परेको थियो ।
सो घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको चार दिनपछि हत्या भएको निश्कर्षमा पुगेको हो । सो घटनामा संलग्न कंचनरुप नगरपालिका १० बदगामाका २८ वर्षिय मनोज पासवानलाई प्रहरीले बुधबार पक्राउ ग¥यो । प्रहरीले नियन्त्रणमा लिएर कडाईका साथ सोधपुछ गर्दा उनले बिडीकै मागन्तेको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी दिपक रायका अनुसार शंकास्पद अवस्थामा रहेको शव फेला परेपछि पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको थियो । टाउको र काबाट रगत बगिरहेको अवस्थामा भेटिएको शवको प्रकृती हेर्दा कुटपिटबाट हत्या भएको आशंकाले पोष्टमार्टमका लागि पठाइएको उनले बताए ।
हत्या बारे अनुसन्धानको क्रममा बुझ्दै जाँदा शव फेला परेको दिन बिहानको समयमा यात्रु प्रतिक्षालय नजिक एक युवक घुमिरहेको र निजको हुलिया बारे समेत स्थानियले प्रहरीलाई जानकारी दिएका थिए ।
सोधपुछका क्रममा पक्राउ परेका पासवानले एकाबिहान घुम्दै गरेको समयमा बिडी सल्काएर पिइरहेको मगन्तेलाई देखेपछि आफूले पनि एउटा बिडी माग्दा गाली गलौजमा उत्रेपछि उस्कै लठी खोसेर ४÷५ पटक टाउकोमा हिर्काई भागेको प्रहरीसँग बयानमा भनेका छन् ।
पक्राउ परेका मनोजलाई बिहीबार कर्तब्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गराई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ