News Category 2080/04/04
सामाजिक विकास इकाईमा अख्तियारको टोली पुगेपछि कर्मचारी भागाभाग
दैनिक समाचारदाता
राजविराज, ४ साउन ।
राजविराजस्थित सामाजिक विकास इकाई कार्यालयमा बिहीबार अख्तियारको टोली पुगेपछि कर्मचारीहरु भागाभाग भएका छन् ।
गत आर्थिक वर्ष २०७९÷८० मा सम्पन्न एक भवन निर्माण कार्यको भुक्तानी दिन घुस मागेको उजुरी आएपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उक्त कार्यालयमा छापा मारेको हो ।
आयोगको इटहरीस्थित आयोगका डिएसपी मानबहादुर राई नेतृत्वको टोली पुग्नासाथ कर्मचारीमा भागाभाग भएका थिए । कतिपय कर्मचारी त भुक्तानी लिएका ब्यक्तीबाट प्राप्त गरेको कमिशन रकम समेत फालेर भागेका थिए ।
अख्तियार टोलीले कार्यालयको पुर्व पट्टीको गल्लीमा कर्मचारीद्वारा फालिएको १५ हजार नगद तथा ५५ हजार रुपैयाको चेक समेत बरामद गरेको छ । सो रकम उक्त कार्यालयका कर्मचारी सबइन्जिनीयर अजय कुमार साफीले फ्यालेर भागेको श्रोतले जनाएको छ ।
सिरहाको नवराजपुर गाउँपालिका १ स्थित जनता आधारभुत विद्यालयको चार कोठे भवन निर्माण काम सम्पन्न भएपनि अन्तिम भुक्तानी दिन चेक रोकेर कमिशन मागेपछी उभोक्ता समितीका पदाधीकारले अख्तियारमा उजुरी दिएको बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ