News Category 2080/04/09

सप्तरीमा पुनः सामुहिक बलात्कारका अर्को घटना सार्वजनिक

दैनिक समाचारदाता

सप्तरीमा पुनः सामुहिक बलात्कारका अर्को घटना सार्वजनिक

दैनिक समाचारदाता
राजविराज, ८ साउन ।

    एक साता नबित्दै सप्तरीमा पुनः सामुहिक बलात्कारका अर्को घटना सार्वजनिक भएको छ । सप्तरीको कंचनरुप नगरपालिका १२ की एक १७ वर्षिया किशोरीको सामुहिक बलात्कार भएको घट्नाको ८ दिन नवित्दै पुनः सामूहिक बलात्कारको अर्काे घट्ना सार्वजनिक भएको हो ।   पछिल्लो घट्नामा शम्भुनाथ नगरपालिका ५ वस्ने ३ सन्तानकी आमा ३५ वर्षिया महिला सामुहिक बलात्कारको शिकार बन्न पुगेकी छिन् । ती महिलालाई शनिवार राती ९ः३० बजेतिर सोही वडाका ५ जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार घट्ना पीडित र आफन्तले आईतवार प्रहरीमा उजुरी दिएपछि मात्रै बाहिर आएको हो । उनले महिलालाई बलात्कार गर्ने मध्येका सोही वडाका २५ वर्षिय शिव कुमार सदा, ४० वर्षिय उमेश सदा र ३२ वर्षिय श्रीनारायण सदा आईतवार नै पक्राउ परिसकेको जानकारी समेत दिएका छन् । 
    उनीहरुलाई सोमवार सप्तरी जिल्ला अदालतबाट जवरजस्ती करणी सम्बन्धी कसुर मुदामा म्याद थप गराई अनुसन्धान थालिएको तथा फरार रहेका २५ वर्षिय फुल कुमार सदा र २३ वर्षिय शिव सदाको खोजी कार्य तिब्र पारिएको उनले जनाए । 
    वडाध्यक्ष जामुन प्रसाद चौधरीका अनुसार पिडीत महिला सोही दिन सिरहाको छारापट्टी स्थित माइतबाट घर फर्किदै थिईन । विरामी बोकेको एम्बुलेन्स चढी माईतबाट हिडेकी उनी राती ९ः३० बजेतिर पुर्व पश्चिम राजमार्ग अन्तर्गत घर नजिकैको सडक खण्डमा ओर्लेकी थिइन । त्यहाबाट उनको घर ६ सय मिटरको दुरीमा पर्दछ । पैदलै घर तर्फ जाँदै गर्दा एकान्त स्थलमा देखेर अचानक ५ जनाको समुहले मुख थुनि नजिकै खाली अवस्थामा रहेको नर्सरीमा लगेर बलात्कार गरेको तथा कसैलाई भने ज्यान मार्ने धम्की समेत दिएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ । 
    उक्त एम्बुलेन्स चालक पीडित महिला कै भाई हुन् । विरामी बोकेर भाई एम्बुलेन्स लिएर विराटनगर तर्फ जाँदै गरेको थाहा पाएपछि आफुलाई पनि घर सम्म लगिदिनु भनी भाईलाई भनेको पीडित महिलाले सुनाईन । पीडित महिलाको गजेन्द्र नारायण सिह अस्पताल राजविराजमा स्वास्थ्य परिक्षण गराइएको छ । 
    यस अघि गत असार ३१ गते राती ९ बजेतिर आमा र बहिनी संगै वसिरहेकी कंचनरुप नगरपालिका १२ की १७ वर्र्षिया किशोरीको सामुहिक बलात्कार भएको थियो । आमा र बहिनीलाई कोठा मै थुनेर सोही वडाका ४ जनाले ती किशोरीलाई नजिकैको एक खाली घर मा लगी पालैपालो बलात्कार गरेका थिए । ती घट्नमा संलग्न चारै जना प्रहरी नियन्त्रणमा छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट