News Category 2080/04/09
लागु औषध सेवनका लागी पैसा लिएर जान नदिदाँ श्रीमतीको हत्या, आमा, बुबा घाइते

दैनिक समाचारदाता
राजविराज, ८ साउन ।
लागु औषध सेवनका लागी घरबाट पैसा लिएर जान नदिदा यूवकको कुटाईबाट श्रीमतीको हत्या भएको छ भने आमा, बुबा कुटाईबाट घाइते भएका छन् ।
सप्तरीको महदेवा गाउँपालिका २ अकबरपुरका ३५ वर्षिय रामरुप खंगले लुगा धुन प्रयोग गरिने काठको मुग्रोंले टाउकोमा प्रहार गरी ३० वर्षिया श्रीमती पार्वतीको हत्या गरेका हुन् । बचाउन जाँदा मुग्रों प्रहारबाटै ६२ वर्षिया आमा सम्तोलिया र ७० वर्षिय बाबु परशुराम घाईते भएर अस्पताल भर्ना भएका छन् ।
सम्तोलियाको अवस्था भने गम्भीर रहेको छिन्नमस्ता अस्पताल राजविराजले जनाएको छ । आईतवार राती १० बजेतिर लागु औषध सेवन गरेर घर आएका रामरुपले बाकसबाट पैसा झिकेर फेरी लागु औषध सेवन गर्न जान खोज्दा परिवारका सदस्यहरुले रोकेको छिमेकीहरुले बताएका छन् ।
रामरुप लागु औषध दुब्र्यसनी रहेको वडाध्यक्ष जागेश्वर प्रसाद इसरले सुनाए । “पैसा लिएर जान खोज्दा परिवारजनले रोकेपछी घर आंगनमा राखिएको लुगा सफा गर्ने काठको मुग्रोंले अन्धाधुन्द प्रहार गर्न थालेको वडाध्यक्ष इसरले बताए । घटना पछी स्थानीयको सहयोगमा प्रहरीले रामरुपलाई नियन्त्रणमा लिई घाईते पार्वती, सम्तोलिया र परशुरामलाई उपचारका लागी छिन्नमस्ता अस्पताल राजविराज पु¥याएका थिए ।
उपचार कै क्रममा मध्यराती पार्वतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए । उनको शव पोस्टमार्टमका लागी गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याइएको छ । रामरुपका बुवा परशुरामको जेनरल वार्डमा तथा आमा सम्तोलियाको आईसियुमा राखेर उपचार चलिरहेको छ ।
सम्तोलियाको टाउकोमा गहिरो चोट तथा अत्याधिक रक्तश्राव भएकाले अवस्था चिन्ताजनक रहेको अस्पतालका स्वास्थ्य संयोजक दिपेन्द्र यादवले बताए । आर्थिक अवस्था निकै कमजोर भएका खंग परिवार अर्काको खेतमा ज्याला मजदुरी गरेर हातमुख जोडने समस्यालाई टार्दै आएका थिए ।
लागु औषध दुब्र्यसनीका रुपमा गाउँघरमा परिचित रामरुपलाई सोमवार सप्तरी जिल्ला अदालतमा कर्तब्य ज्यान कसुर मुद्दामा म्याद थपि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ