News Category 2080/04/09
उपेन्द्र यादव, दिनेश यादवसहित ४५ जनालाई १५ हजार जरिवाना, जरिवाना नबुझाए एक निर्वाचनमा भाग लिन नपाउने
दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
निर्वाचनको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदबारहरुलाई निर्वाचन आयोगले १५ हजार जरिवाना गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरीबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेपाली काँग्रेसका दिनेश कुमार यादव, जनमत पार्टीका अनिस अंसारीसहित ४५ जना उम्मेदवारले खर्च विवरण सार्वजनिक नगरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै प्रदेशसभा सदस्य निर्वाचनमा जसपाका शैलेन्द्र प्रसाद साह, स्वतन्त्र अनिरुद्ध कुमार सिंह, जसपाका अभिषेक यादव, लोसपाका गजेन्द्र कुमार मण्डल लगायत ८३ जना छन् ।
सात वटै प्रदेशमा उम्मेदवार बनेकाहरुले आयोगले तोकेको समय अवधी २०८० बैशाख ४ गतेको निर्णयानुसार निर्वाचन खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी दिन निर्देशन दिइएकोमा तोकिएको समयावधि भित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगरेकाहरुको नामावली सार्वजनिक गरिएको आयोगद्वारा मंंगलबार जारि विज्ञप्तिमा उल्लेख छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारि विज्ञप्तिमा जरिवाना लागेका उम्मेदवारले ३५ दिन भित्र राजश्व दाखिला गरी सोको भौचरसहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धीत निर्वाचन कार्यालयमा पेश गर्न आदेश दिने वा निर्वाचन खर्चको विवरण ७ दिनभित्र सार्वजनिक गरी सो को जानकारी सम्बन्धीत निर्वाचन कार्यालयमा ७ दिनभित्र निवेदन सहित पेश गर्न पुनः आदेश दिने निर्णय भएको उल्लेख छ ।
सोही विज्ञप्तिमा जरिवाना वापतको रकम तोकिएको समयभित्र नबुझाउने उम्मेदवारहरुलाई तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना वापतको रकम सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रिय तहसिल कार्यालमा लेखी पठाउने निर्णय भएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ