News Category 2080/04/11
बाढीले बगाएको सडक दुई वर्ष बितिसक्दा पनि नबन्दा जोखिमपूर्ण यात्रा कायमै
दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
सप्तरीको हुनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित तिलाठी–हनुमाननगर जोड्ने सडक बाढीले बगाएको दुई वर्ष वितिसक्दा पनि निर्माण हुन नसक्दा सर्वसाधारण जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका छन् ।
झण्डै सय मिटर भाग अझै निर्माण हुन नसक्दा सर्वसाधारण जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका हुन् । बि.स. २०७७ साल साउन महिनको अन्त्य तिर जीता, महुली र खाँडो खोलाको बाढीले बगाएको थियो ।
उक्त मार्गमा पर्ने दुई वटा स–साना पुलको दाँया बायाँ दुबै तीरको करिब ५०÷५० मिटर सडक बाढीले बगाएको हो । बाढीले धेरै ठाउँमा सडक गहिरो बनाएर कटान गर्दा समेत त्यसको मर्मत पनि हुन सकेको छैन । आवत जावतमा समस्या भएपछि स्थानीय केही टेम्पो, सिटरिक्सा तथा म्याजिक लगायत सवारीका चालकले पुलको केही भागमा ढुंगा, माटो र बालुवाको बोरा राखेर जोखिमपुर्ण ओहोरदोहोर गर्न थालेका छन् ।
राज्यले ध्यान नदिदा यो बाटोमा विगत दुई वर्षदेखि सिटी रिक्शा, म्याजिक, टेम्पो लगायतका छोटो सवारी साधन जोखिम मोलेर जसो तसो आवतजावत गर्छन तर ठूला सवारी साधन भने चल्न छोडेको छ । तिलाठी–हनुमाननगर सडक खण्ड भएर सप्तरी सदरमुकाम राजविराज जाने यात्रु अहिले ५ किलोमिटर टाढा पर्ने अर्कै बाटो प्रयोग गर्न बाध्य छन् ।
तिलाठी कोइलाठी गाउँपालिकाका विपद व्यवस्थापन अधिकृत राजेश कुमार झाका अनुसार कोशी, जीता, महुली, खाडो लगायतका नदी खोलाबाट बग्ने पानीको उचित निकास नहुदाँ वर्षेनी यहाँका जनताले सडक कटानबाट सास्ती भोग्नु परेको छ । उनले बाढीको पानी निकासका लागी यहाँ स–साना पूल होइन, एउटा लामो पूल नै आवश्यक रहेकोले नगर र गाउँपालिकाको बजेटले सो सम्भव नभएको बताए ।
उनका अनुसार यस मार्गबाट विराटनगर, धरान, इटहरीका साथै सीमावर्ती कुनौली, निर्मली, दरभंगा, मधुवनी लगायतका सहरसम्म पुग्न सहज हुने गरेको थियो । तर सडक कटानमा परेपछी सवारी साधन आवतजावत ठप्प भई एक गाउँबाट अर्काे गाउँ जान र विरामीलाई अस्पताल सम्म लैजान पनि समस्या भएको छ ।
राजविराज भन्सार कार्यालय समेत यसै सडक खण्डको ३ सय मिटर दुरीमा मात्र अवस्थित छ । बाढीले सडक बगाएपछि ठूला सवारी साधनको आवागमन ठप्प हुँदा भन्सारको राजश्व असुली समेत प्रभावित बनेको छ । नजिकका बजारहरु पुग्न छोटो बाटो भएकाले दैनिक १ हजार देखि २ हजार सर्वसाधारण आवतजावत गर्ने उक्त बाटो कटानमा परेपछी अहिले सय दुई सयको संख्यामा मात्र यात्रु आवतजावत गर्ने गरेको स्थानीयहरु बताउँछन । बाढीले भत्काएको सडक चाँडो निर्माण गरी राहत दिन स्थानियले सरकारसंग माँग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ