News Category 2080/04/12
युवकको कुटेरै हत्या ः प्रहरी
दैनिक समाचारदाता
राजविराज, १२ साउन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ मंसापुरमा शुक्रबार बिहान एक युवक मृत हवस्थामा फेला परेका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वा घर भई काम विशेषले मंसापुर पुगेका २१ वर्षिय तिर्थनारायण मण्डलको युवाहरुको एक समूहद्वारा कुटपिट गरि हत्या गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार बिहान उनको मृत शरीर मंसापुर टोलस्थित एकान्त स्थलमा हिलोमाटोले लतपतिएको अवस्थामा फेला परेको छ । उनको शरीरको विभिन्न भागमा गहिरो चोटपटकको निशान देखिएको घटनास्थलमा पुगेका प्रहरी उपरिक्षक नगरेन्द्र कुमार कार्कीले जानकारी दिए ।
घटनाका बेला तिर्थनारायणसँगै रहेका उनका साथी २० वर्षिय अजय मण्डल पनि ती यूवाहरुको कुटाईबाट गम्भिर घाइते भएका छन् । उनको स्थानिय छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा संलग्नहरुको खोजिकार्य तथा घटना बारे थप अनुसन्धान कार्य भइरहेको प्रहरी उपरिक्षक कार्कीले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ