News Category 2080/04/12
वर्षौदेखी अतिक्रमित हटियाको जग्गा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरि हटाइयो
दैनिक समाचारदाता
राजविराज, १२ साउन ।
वर्षौदेखी स्थानियले सप्तरी सदरमुकाम राजविराजस्थित हटियाको जग्गा अतिक्रमित गरि भोगचलन गर्दै आएकोमा शुक्रबार नगरपालिकाले प्रहरीको सहयोगमा त्यहा बनाइएका घर, टहरा, पसल भत्काएको छ ।
नगरपालिकाले हटियाको चारैतिर १०÷१० फिट अतिक्रमण गरि बनाइएका घर, टहरा र पसल लगायतका भौतिक संरचना शुक्रबार भत्काएको हो ।

राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परबिन, वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी तथा ठूलो संख्या सशस्त्र र नेपाल प्रहरीको उपस्थितिमा तीन वटा डोजरको प्रयोग गरि अतिक्रमण गरि बनाइएका भौतिक संरचना हटाउन थालिएको थियो ।

अतिक्रमित संरचना हटाउन नगरपालिकाले तीन दिने सूचना जारी गरेर पनि खाली नगरिएको संरचना डोजर लगाएर हटाउन सुरु गरिएको कार्यवाहक नगरप्रमुख परबिनले बताइन् ।

तीन दिन अघि कार्यवाहक नगरप्रमुख परवीन, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, एसपी नरेन्द्रकुमार कार्की लगायतको टोलीले हटिया क्षेत्र, सिरहा रोड, अदालत रोडको निरीक्षण गरी अबैध तरिकाले निर्माण गरी अतिक्रमण गरेको संरचना हटाउन सम्बन्धितलाई आग्रह गरेका थिए । आग्रहका बाबजुद पनि नहटाएपछि शुक्रबार डोजर लगाएर भत्काइएको हो ।

कार्यवाहक नगरप्रमुख परविनले यस अघि पनि तीन पटक सूचना जारी गरी अतिक्रमित स्थान खाली गर्न आग्रह गर्दा पनि अटेर गरेका कारण तीन दिन अघि अन्तिम पटक खाली गर्ने समय दिँदा पनि खाली नगरिएकाले बाध्य भई डोजर लगाउनु परेको बताईन् ।

यसअघि शुक्रबार विहान हटियावासीका तर्फबाट पत्रकार सम्मेलन गरी छोटो समय दिएर संरचना भत्काउन थालेको भन्दै आपत्ति प्रकट गरिएको थियो । हाटिया संरक्षण संघर्ष समितिका संयोजक सन्तोष प्रसाद साहले हटियामा सपिङ कम्प्लेक्स निर्माण गर्न भनि नगरपालिकाले ७ वर्ष अघि सुरु गरेको निर्माण कार्य अहिलेसम्म अधुरो राखेका कारण पहिला त्यसलाई पूरा गरेर मात्र अतिक्रमण हटाउनु पर्ने बताएका थिए । उनले त्यत्रो ठूलो लगानी गरेर सपिङ कम्प्लेक्सको निर्माण गरिएपनि त्यसमा एउटा पनि शौचालय नरहेको गुनासो पनि गरे । पत्रकार सम्मेलनमा संघर्ष समितिका सदस्य बिन्देश्वर प्रसाद साह बिन्दीले सपिंङ कम्प्लेक्सको काम अधुरो राखिनाले पूरै हटिया क्षेत्र अस्तव्यस्त बन्न पुगेको बताए ।
उनले आफूहरु अतिक्रमित जग्गा खाली गराउन बाधक नरहेको स्पष्ट पार्दै पहिला हटिया कम्प्लेक्स पूर्ण रुपमा निर्माण हुनु पर्नेमा जोड दिएका थिए । सरोकारवालासित कुनै समन्वय नै नगरी एक्कासी ४८ घण्टे सूचना जारी गरी नगरपालिकाले एकपक्षिय रुपमा अघि बढ्न थालेको उनीहरुले आरोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ