News Category 2080/04/13
रोजगारीका लागी ८० वटा औधोगिक भवन तथा कलसेन्टर स्थापनको तयारी ः डा. राउत
राजविराज÷जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके राउत) ले आफ्नो पार्टी आठौं स्थानको हैसियतमा रहेको र निर्णायक स्थानमा पुग्न नसकेका कारण रोजगारी, किसानका समस्या समाधान लगायतका प्रतिबद्धता समयमा पुरा हुन नसके बताएका छन् ।
आफ्नो पार्टीमाथी षडयन्त्र भईरहेका कारण जनता सामु गरेको प्रतिबद्धता पुरा गर्न ढिलाई भइरहेको उनको भनाई थियो । तर पनि आपूmहरुले प्रयास जारी राखेको उनले बताए ।
राजविराजमा शनिवार आयोजित पार्टी प्रवेश, संगठन सुदृढिकरण अभियान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
पार्टी अहिले शिशु अवस्था मै रहेको र पार्टीका विरुद्ध पनि अनेकौं षडयन्त्र भईरहेकाले यसको संरक्षण गर्ने जिम्मा जनता कै रहेको सप्तरी क्षेत्र नं.२ बाट प्रतिनिधी सभा सदस्य समेत रहेका डा.राउतको आग्रह थियो ।
सरकारले ल्याएको बजेट जनतामुखी नरहेका कारण गठबन्धनमा रहेर पनि आफुहरुले त्यसको विरोध गरेको तर अन्य पार्टीले समर्थन गरिदिदा बजेट पास भएको उनले स्पष्ट पारे । मुलुकमा ब्याप्त सिन्डीकेट प्रथाका कारण ठूला उधोगधन्दा स्थापित हुन नसकेको जिकिर गर्दै उनले किसानको समस्या हल गर्नका लागी रसायनिक मलको कारखाना स्थापित हुन नसक्नुमा यहि सिन्डीकेट बाधक रहेको जनाए ।
आफुले रसायनिक मलको कारखाना नेपालमा स्थापनाका लागी भारत र जर्मनि सरकारसंग पहल गरेको दाबीका साथ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा रसायनिक मल कारखाना स्थापनाका बारेमा सकारात्मक सन्देश दिएको बताए ।
रसायनिक मल काराखाना स्थापनाका लागी जर्मन सरकारसित सम्झौता समेत भएको उनले जानकारी दिए । महिलाहरुको रोजगारीका लागी ८० वटा बहुउदेश्यीय औधोगिक भवन तथा यूवा रोजगारीका लागी मुलुकको विभिन्न ठाउँमा कलसेन्टर स्थापना गर्न आफुले पहल थालेको उनले जानकारी दिए ।
कार्यक्रमको बीच÷बीचमा जनमत साँस्कृतिक संघका कलाकारहरुद्वारा साँस्कृतिक कार्यक्रमको प्रस्तुती समेत गरिएको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी कार्यक्रममा उपस्थित भएका ८ सय ६६ जना नवप्रवेशीलाई अध्यक्ष डा.राउतले मञ्च मै सदस्यता प्रदान तथा फुलमाला,अबिर लगाई स्वागत गरेका थिए ।
जनमतका जिल्ला इन्र्चाज रामगमन साहको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेशका शिक्षा विज्ञान तथा प्रविधी मन्त्री महेश प्रसाद यादव, प्रदेश सभासदस्य सतिस कुमार सिह, केन्द्रीय प्रवक्ता शरद सिह यादव, महिला नेतृ प्रियंका सन्त लगायतले पनि बोल्दै छोटो समय मै आफनो पार्टीमा जनताको आकर्षण बढेको र चाडै पार्टीलाई देशै भर स्थापित गर्ने उदघोष गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ