News Category 2080/04/16
एक रुँपैया पनि भ्रष्टाचार नगर्ने मन्त्रि समिमको प्रतिबद्धता

दैनिक समाचारदाता
राजविराज, १६ साउन ।
मधेश प्रदेशका नवनियुक्त गृह संचार तथा कानुन मन्त्रि मो. समिमले एक रुँपैया पनि भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका छन् ।
मंगलबार राजविराजमा नेपाली काँग्रेस सप्तरीद्वारा उनको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
उनले आफूले पाएको मन्त्रालय अन्य मन्त्रालय भन्दा धेरै संवेदनशिल र महत्वपूर्ण रहेकोले आफूले प्राप्त गरेको जिम्मेवारी चुनौती र अवसरको रुपमा लिएको बताए ।
नवनियुक्त मन्त्री समिमले आफूले एक रुँपैया पनि भ्रष्टाचार नगर्ने तथा अरुलाई पनि गर्न नदिने दाबीका साथ उनले यो मन्त्रालयबाट हुने सबै खालको गतिविधी र सेवा प्रवाह पारदर्शी र जनहीतमा अघि बढ्ने प्रतिबद्धता समेत उनले जनाए ।
सप्तरीको क्षेत्र नं. ३ को क बाट प्रदेशसभा सदस्यमा काँग्रेसबाट निर्वाचित उनले संगठन बलियो बनाउन कुनै गुट–उपगुटमा नलागि एक्ताबद्ध भई अघि बढ्न पार्टीका स्थानीय नेता कार्यकर्तालाई आग्रह समेत गरे ।
प्रदेश प्रहरी परिचालन मेरोलाई आफ्नो विशेष प्राथमिकतामा रहने बताउँदै उनले संघीय सरकारको कानुनसँग नबाझिने गरी कानुन निर्माण र संशोधन गरी प्रदेश सरकारले आफ्नै प्रहरी परिचालन गर्ने जानकारी दिए ।
प्रदेशको विकासका सम्भावनाहरुलाई अध्ययन गरी जनताका आवश्यक्ता अनुसार प्रदेशको शासनसत्ता संचालन गर्न कानुन निर्माण गर्ने उनको भनाई थियो ।
सम्मान कार्यक्रममा काँग्रेस सप्तरीका सभापति रामदेव साह, सचिव सनत मण्डललगायतले शुभकामना दिँदै पार्टीबाट प्रतिनिधित्व गरेका मधेश प्रदेशका मन्त्रिहरुले जनहीतमा नयाँ नयाँ नीति र कार्यक्रम ल्याउने विश्वास ब्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ